खावा, २२ फागुन
जिरीबाट कान्ति अस्पताल काठमाडौंमा बिरामी बालक लिएर आएको जिरी अस्पतालको एम्बुलेन्स शनिबार बिहानै अरनिको राजमार्गको खावामा सडकबाट एक सय मीटर तल खसेको छ । विहान पौने चारबजे सडकबाट खसेको एम्बुलेन्समा चालकसहित चारजना सवार थिए । सबै जना सकुशल रहेको प्रहरीले बताएको छ । प्रहरीले एम्बलेन्स चालकलाई नियन्त्रणमा लिएको छ भने बिरामी र आफन्तलाई उद्धार गरी काठमाडौं पठाएको छ ।
बडालगाउँ जाने घुम्तीनजिकै सो एम्बुलेन्स खसेको थियो । स्थानीयवासीहरु सो स्थानबाट धेरै पटक मोटरसाइकल र गाडी खसिसकेको बताउँछन् । केही चालकहरुले गाडी चलाउँदै आउने क्रममा सो स्थानमा चारवटा बाटो देखिने बताए ।
Saturday, March 6, 2010
चेलीबेटी बेचबिखन विरुद्ध लोकदोहोरी
पाँचखाल, २२ फागुन
एक सयौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार काभ्रेको जैशीथोकमा आयोजित चेलीबेटी बेचबिखन विरुद्ध जनचेतनामूलक लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको लक्ष्मी तामाङले उद्घाटन गरेकी छिन् । उनी बर्म्बईमा बेचिएर पछि फिर्ता भएकी नेपाली चेली हुन् ।मानव अधिकार शिक्षा तथा सूचना केन्द्र-हुरेन्स) ले आयोजना गरेको उक्त कार्यक्रम महिला वाच ज्याम्दी र अग्रसर महिला बहुद्देश्यिय सहकारी संस्थाले सह-आयोजना गरेका छन् ।
स्थानीय चण्डेनी माध्यमिक विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विभिन्न १० टीमले भाग लिएका छन् । प्रतियोगितामा वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, चर्चित लोकगायकहरु नवराज घोरासैने, हरि थापा, मन्जु गौतम, शान्ति बस्नेतले गीत गाएका छन् । युवाहरुका ढुकढुकी बनेका पप गायक हरि कर्माचार्य र कलाकार रामशरण जंगम समेत सहभागी भएका छन् ।
सहकारीकी अध्यक्ष सुन्तली सापकोटाको अध्यक्षताको कार्यक्रममा हुरेन्सका अध्यक्ष भोजराज तिमल्सिनाले चेलीबेटी बेचबिखनविरुद्ध लाग्नका लागि लोकदोहरी तथा सडक नाटकजस्ता कार्यक्रमले मद्दत गर्ने बताए । काभ्रे जिल्ला हुँदै छिमेकी जिल्लाका चेलीबेटीहरु लैजाने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय समुदायहरु पनि सक्रिय र चनाखो हुनु पर्नेमा जोड दिए ।

बेपत्ताको नाममा झुक्याएर राहत लिने गिरफ्तार
सिन्धुपाल्चोक, २३ फागुन
सशस्त्र द्वन्द्वको बेला राज्यद्वारा बेपत्ता बनाएको भन्दै जिल्ला प्रशाससन कार्यालयलाई झुक्याएर राहत लिने नवलपुर गाविस- ६ का चिनबहादुर तमाङलाई ०६६ फागुन २० गते प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्दा चलाउने तयारी गरिरहेको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको बेला नक्कली माओवादी बनेर काठमाण्डौको बौद्ध क्षेत्रमा ।
आतंङ्क तथा लुटपाट गर्दै हिँडेका चिनबहादुर तमाङलाई द्वन्द्वको बेला सेनाले गिरफ्तार गरी केहि दिन सैनिक हिरासतमा राखी रिहा गरेको थियो । त्यसैबेलादेखि काठमाण्डौ बस्दै आएका तामाङलाई नवलपुर गाविसको सर्वदलीय बैठकले बेपत्ता भएको भनी निर्णय गरेको आधारमा उनकी पत्नीले जिल्ला प्रशासन कार्यालय बाट राहत स्वरुप एकलाख रुपिया लिएकी थिइन् ।

जिप दुर्घटनामा २ को मृत्यु
सिन्धुपाल्चोक, २३ फागुन
अरनिको राजमार्ग अर्न्तर्गत सिन्धुपाल्चोकको चेहरेमा गएराती बलेरो जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा दोलखा घर भइ काठमाडौं बस्ने डम्बर उप्रेती र झापा घर भई भक्तपुर बस्ने रोशन शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै दोलखा सुनखानी-९ का ३६ वर्षीय टेकराज शिवाकोटी, सोही ठाउ“का ३० वर्षीय अशोक शिवाकोटी र ओखलढुंगा तार्केघारी-६ का ३० वषर्ीय दिशान्त विष्ट घटनामा घाइते भएका छन् । घाइते शिवाकोटीद्धयको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दोलखामा हिजो भएको शिवाकोटी समाजको भेलामा भाग लिएर राजधानी र्फकंदै गर्दा राति ११ बजे बा७च ८३७६ नम्बरको बलेरो दर्घटना भएको हो ।

Wednesday, March 3, 2010
धादिङ सदरमुकाम तनावग्रस्त
धादिङबेसी २० फागुन
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले स्थानीय वाइसीएल कार्यकर्ता गोविन्द घिमिरे माथि विहीबार विहान आक्रमण गरेपछि धादिङ सदरमुकाम धादिङबेसी तनावग्रस्त भएको छ ।काङ्ग्रेस जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ र स्थानीय कार्यकर्ता राधाकृष्ण भण्डारीको नेतृत्वमा आएका युवाहरुको एक समूहले घिमिरेमाथि आक्रमण गरेको वाइसीएल धादिङले जनाएको छ । घाइते घिमिरेको सहिद मेमोरीयल अस्पताल धादिङवेसीमा उपचार भईरहेको छ ।
घटनाको विरोधमा वाईसियलले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेपछि धादिङबेसी तनावग्रस्त भएको छ ।धादिङकै पुल हाउस एण्ड रेष्टुरेन्टमा आक्रमणकारीहरु पेस्तोल र तरवारसहित बसेका भएपनि प्रहरीले पक्राउ नगरेको भन्दै वाईसिएलले विरोध जनाएको छ ।

अनमिनले सरकारलाई सूचना दिएन-रक्षामन्त्री
धुलिखेल, १९ फागुन
रक्षामन्त्री विद्यादेवी भण्डारीले सरकारलाई सूचना नदिएको आरोप लगाएकी छिन् । उनले माओवादी लडाकुको रेखदेख गर्ने अनमिनको भुमिका ठीक नभएकोसमेत दावी गरिन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ काभे्रले १०० औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार धुलिखेलमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री भण्डारीले सरकारले अनमिनसँग शिविरका माओवादी लडाकुको तथ्याङ्क माग्दा टेडो कुरा गरेको आरोप पनि लगाइन् ।
उनले भनिन् 'माओवादी लडाकुको तथ्याङ्क माग्दा गोप्य सूचना माग्यो भनेर अनमिनले उल्टै सरकारलाई आरोप लगायो ।' अनमिनले सरकारलाई तथ्याङ्क भन्नैपर्ने बताउँदै उनले नेपाली ढुकुटीबाट पालिने माओवादी लडाकुको तथ्याङ्क दिन अनमिनलाई अप्ठेरा नपर्ने उनको भनाई थियो ।
उनले अनमिनलाई शान्ति सम्झौतापछि माओवदीका लडाकुलाई बढाएर २५ हजार पुर्याइदिएको र तीन बर्षशिविरमा राखेर तालिम दिएको आरोप लगाईन् ।
शिविरमा रही अयोग्य भनिएका लडाकुमध्ये २ हजार छ सय मात्रै वास्तविक लडाकु र बाँकी १९ हजार पाँच सय ५० मध्ये पनि ५० प्रतिशत मात्रै लडाकु भएको उनले बताइन् । उनले् अहिले पनि शिविरमा लडाकु नदेखिएको दावी गरिन् ।
अनेम संघ जिल्लाध्यक्ष राममाया श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद्द्वय कृष्णप्रसाद सापकोटा र शिला कतिला, एमाले जिल्लाध्यक्ष गोकुल बाँस्कोटा, नेपाल पब्लिक क्याम्पसको केन्द्रीय कोषाध्यक्ष एवं महिला नेतृ अम्बुभवानी कार्कीलगायतले आ-आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

दोलखामा ट्रक पल्ट्यो, दुईको मृत्यु
दोलखा, १९ फागुन
दोलखाको तामाकोशी बजार नजिकै ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।नाम्डु गाविसमा भएको दुर्घटनामा एक घाइते र एक हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। दुर्घटना भएको बा २ ग १७१३ नम्बरको ट्रक कम्पनीको भीर भन्ने स्थानमा खसेको हो।
दुर्घटनास्थल चरिकोटबाट १९ किलोमिटर जिरीतर्फ पर्छ। टनास्थलतर्फ प्रहरी परिचालन भएको दोलखा प्रहरीले जानकारी दिएको छ।

तिव्वतीयन नागरिक तीन जना प्रहरीद्वारा पक्राउ
भक्तपुर, २० फागुन
भक्तपुर जिल्ला जगातेचोकबाट प्रहरीले फागुन १८ गते दिउसो जाँच गर्नेक्रममा काठमाडौँ आउदै गरेका तिव्वतीयन नागरिक सोनाम दोर्जेसहित ३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अध्यागमन कार्यालयमा बुझाएको छ ।

सञ्चार उद्यमीको हत्याको विरोधमा जुलुस प्रदर्शन
सिन्धुपाल्चोक,२० फागुन
जनकपुरका संचार उद्यमी अरुण सिंहानियाको हत्याको विरोधमा ०६६ फागुण २० गते विहान नेपाल पत्रकार महांसंघ जिल्ला शाखा सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा विरोध जुलुस प्रदशन गर्यो ।पत्रकार, मानवअधिकारकर्मी, वकीललगायत विभिन्न पेशाकर्मीहरु संलग्न भएको जुलुस चौतारास्थित प्रेस चोकबाट शुरु भई टुँडिखेल चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै इन्सेक जिल्ला प्रतिनिधि, गैसस महासंघका जिल्ला अध्यक्ष, नेपाल वारका जिल्ला सचिव, उद्योग वाणिज्य महासंघका जिल्ला सचिव लगायतले घटनाका दोषीहरुलाई कार्वाहीको माग गरे ।यसैगरी, धादिङमा नेपाल पत्रकार महासंघले सरकारले संचारकर्मीहरुको दिनदिनै हत्याका घटना भइरहेको र सुरक्षा दिन नसकेको भन्दै सुरक्षाको माग सहितको ज्ञापनपत्र ०६६ फागुन १९ गते नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको जानकारी प्राप्त भएको छ।

लेखनवृत्तिको रकम घर भाडामा !
भवन बन्ने कहिले हो ?
बनेपा, २० फागुन
नेपाल पत्रकार महासंघ, काभ्रे शाखाले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आएको रकम घरभाडा तिरेर दुरुपयोग गरेको छ । महिलाहरूका समस्यामा केन्द्रित भएर समाचार लेख्ने महिला पत्रकारलाई एउटा समाचार लेखेवापत रू. १ हजार लेखनवृत्ति दिने निर्णय गरेकोमा हालसम्म आफूहरूले उक्त रकम पाउन नसकेको महिला पत्रकारहरु वताउँछन् ।
आफूले समाचारको अभिलेख सहित बुझाएको महिनौं बितिसक्दा पनि आफूले लेखनवृत्ति प्राप्त गर्न नसकेको उनीहरुले वताए । पत्रकार उमा सिंहको १३ दिनको पुण्य तिथिको अवसर पारेर संचालन गरेको महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमको रकम दुरुपयोग गरी घर भाडामा प्रयोग भएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका एक सदस्यले बताए ।
दशैंअगाडि नै जिविसबाट प्राप्त रू. ५० हजारमध्ये केही रकम घर भाडामा प्रयोग गरेको र बाँकी रकम पनि लेखनवृत्ति स्वरुप दिनु पर्नेमा हालसम्म नदिएको भन्दै महिला पत्रकारहरूले असन्तुष्टि पोेखेका छन् ।
उता पत्रकार महासंघ काभ्रेको भवन बनाउन ६ महिना अघिदेखि नै शिलान्यास गरे पनि हालसम्म भवन निर्माणको कुनै काम सुरु हुन सकेको छैन । गत भदौ ३१ गते निकै तामझामका साथ बनेपा नगरपालिकाले दिएको जग्गामा महासंघले भवन बनाउन शिलान्यास गरेको थियो । सञ्चारमन्त्री शंकर पोख्रेलले महासंघको साधारणसभाको अवसर पारेर भवनको शिलान्यास गरे पनि हालसम्म थप कामअगाडि नबढेपछि भवन बन्नेमा आम पत्रकार विश्वस्त हुन सकेका छैनन् ।

Monday, March 1, 2010
मजदूरले पाएनन कामको ज्याला
रामेछाप, १८ फागुन
आफूले गरेको कामको ज्याला नपाएपछि यहाँका मजदूर समस्यामा परेका छन् । मन्थली गाल्पा सडक खण्डको भटौली खोलामा निर्माणाधीन कजवेको काम रोकिएपछि सयौं मजदुरहरु ज्याला पाउनवाट रोकिएका हुन् । मन्थली-पकरवास गाल्पा सडक खण्ड अन्तर्गत मुगिटारको भटौली खोलामा मोटरवाटोको लागि कजवे निमार्ण भइरहेको वेलामा स्थानीय जनताको अवरोध पछि निर्माण रोकिएको थियो । सो निर्माण कार्य रोकिएपछि सयौं मजदुरहरुले काम गरेको ज्याला पाउन सकेका छैनन् ।
निर्माण कार्य रोकीएपछि दातृले पैसा भुक्तानी दिन सक्ने अवस्था पनि नभएकोले उनीहरुले काम गरिसकेको पारिश्रमिक समेत दिन नसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामवहादुर तामाङ्गले वताए । निर्माण भइसकेको कतिपय काम पनि भत्कन लागिसकेको जानकारी तामाङ्गले दिए ।
करीव ९६ लाखको ठेक्कामा निर्माण हुन लागेको उक्त कजवे निर्माणमा अवरोध पुगेपछि मजदुरहरु मात्र हैन ठेकेदार अन्य सर्वसाधारणलाई समेत समस्या परेको छ । कजवे निर्माणका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु सिमेन्ट वालुवा ढुङ्गा र तारजाली समेत जम्मा गरिसकेको अवस्थामा आफुहरुले यस अघि गरेको कामको भुक्तानि पनि पाउन नसकेको र काम रोकिएपछि कामको खोजीमा अन्यत्र जान पनि समस्या भएको मजदुरहरु वताउँछन् ।
यसै विच भटौली खोलाको कजवे निर्माण कार्यमा गरिएको अवरोध हटाउनका लागि स्थानीय वासिन्दाले जिविस रामेछापमा निवेदन दर्ता गराएका छन् । जग्गा धनीहरु समेत ५३ जना सर्वसाधारणले हस्ताक्षर गरी स्थानीय विकास अधिकारी दिलीप कुमार चापागाईलाई वुझाएको ज्ञापन पत्रमा तत्काल कजवे निर्माणको काम अघि नवढाए आफुहरु आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिँदै बलवहादुर माझीको अधयक्षतामा २१ सदस्यीय समिति समेत गठन गरेका छन् ।

व्यक्तिगत प्रयासमा विकट क्षेत्रमा विजुली
बनेपा, १८ फागुन
अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्।
यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसेटिभ अवार्ड पायो। दृष्टि भन्छिन्, “एउटा गाउँका लागि बनाएको प्रोजेक्टलाई दुईतिरबाट रकम जुटेपछि तुरुन्तै अर्को गाउँ खोजेर काम गरेँ।”
कसरी बन्यो सोच
काठमाडौंको सेन्टमेरिज हाईस्कूलबाट ६ वर्षअघि १० कक्षा उत्तीर्ण गर्नासाथ छात्रवृत्ति पाएर उनी अमेरिकाको मेक्सिकोस्थित युनाइटेड वर्ल्ड कलेज पुगेकी थिइन्। किशोरी दृष्टिमा त्यहाँ ९२ देशबाट पढ्न आएका २०० विद्यार्थीहरूसँग दुई वर्ष बिताउँदा नेपाल र नेपाली हुनुको महसुस भयो। सन् २००७ मा १२ कक्षा उत्तीर्णपछि यी मेधावी विद्यार्थीले मिडलबेरी कलेजमा थप अध्ययनको लागि छात्रवृत्ति पाइन्। जहाँ द्वन्द्वग्रस्त क्षेत्रमा उपयोगी हुने कुनै आयोजनाको उत्कृष्ट खाका बनाउने एक विद्यार्थीले अन्तरकलेज प्रतिस्पर्धामा १० हजार अमेरिकी डलर पाउने थाहा पाएपछि उनी आफ्नै देश सम्झ्ेर घोत्लिन्। शुरुमा दुर्गम गाउँमा औषधि र स्वास्थ्य चेतना पुर्याउने सोच आयो। पछि माइक्रो फाइनान्स चलाएर गाउँलेलाई आत्मनिर्भर बनाउने, सोलार टुकी बालेर उज्यालो बनाउने जस्ता योजना सल्बलाए। भन्छिन्, “सजिलै हुने कामभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने योजना बनाउन म चाहन्थें।” यसक्रममा बुबा डम्बरबहादुर नेपालीले नेपालको जलविद्युत् क्षेत्रमा गरेका धेरै काम सम्झ्िइन्, दृष्टिले। सानैदेखि चिलिमे जलविद्युत् आयोजनामा बुवाले काम गरेको, पानीबाट बिजुली निकालेको देखेकी दृष्टिले माइक्रो हाइड्रोपावरका बारेमा इन्टरनेटबाट जानकारी बटुलेर अध्ययन गरिन्। उनी भन्छिन्, “माइक्रो हाइड्रोबारे अध्ययन गरेर एउटा सानो प्रोजेक्टको खाका बनाएपछि मात्रै बुबालाई सोध्दा उहाँ छक्क पर्नु भो!” बुबाले हौस्याएपछि उनमा झ्नै उत्साह बढ्यो।
तर उत्साहपूर्वक तयार पारिएको प्रोजेक्ट प्रतिस्पर्धामा दोस्रो भयो। तैपनि उनले हरेस खाइनन्। कलेजका प्रमुखलाई आफ्नो योजना र नेपालका दुर्गम गाउँमा बिजुलीको महत्वबारे बुझ्ाएपछि कलेज उनलाई १० हजार डलर दिन तयार भयो। रकम पाउनासाथ गाउँलेबाट श्रमदान लिने गरी काम शुरु गरिन्। कसैलाई सहयोग गर्नु छ भने माछा नदेऊ माछा मार्ने सीप देऊ भन्ने भनाइ अनुसार गाउँलेलाई आयोजनामा प्रत्यक्ष सहभागी गराएको उनी बताउँछिन्। घर-घरमा विद्युत् पुर्याउने तार, चीम र होल्डरमा घरधनीले नै लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरियो। ५०० मिटर टाढाको खोलाबाट पाइपमा पानी ल्याएर गत असारमा ललितपुरको गुर्दङ गाउँमा बत्ती बलेपछि गाउँलेले दृष्टिलाई फूलमाला पहिर्याएर सम्मान गरे।
यता काम भइरहँदा दृष्टिले बनाएको त्यही योजनाले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसियटिभ अवार्ड पाएको खबर आयो। जुन उपयोग गर्नका लागि अर्को त्यस्तै गाउँ खोज्दा काभ्रेको तल्लो केराबारीका गाउँलेले बत्ती चाहियो भनेर ठाउँ ठाउँमा हारगुहार गरिरहेको थाहा पाइन्। राजमार्गबाट तीन घण्टामा हिँडेर पुगिने तल्लो केराबारीमा २५ पुसमा बत्ती बलेपछि गाउँलेहरूले दृष्टिलाई भने, “हाम्रो गाउँ अँध्यारो र गरिब थियो तपाईंले आज हामीलाई धनी बनाइदिनुभयो।” गाउँलेले यसो भन्दा फूलमाला र अबिरले रङ्गिएकी दृष्टिका आँखा हर्षले रसाए। उनले जलविद्युत् व्यवस्थापन र सञ्चालनका लागि केही रकम छुट्याएर गाउँलेलाई नै हस्तान्तरण गरिदिएकी छन्। केराबारीमा बिजुली बालेर माघको पहिलो साता अमेरिका उडेकी दृष्टि बेलाबेलामा गाउँमा फोन गरेर आयोजना चले नचलेको बुझने गर्छिन्।
बिजुली आउनासाथ गाउँको कायापलट हुन्छ भन्ने दृष्टिले सोचेकी थिइन्। उनलाई लाग्थ्यो, बिजुली आएपछि केटाकेटीले राति पनि पढ्न पाउँछन्, खेतीपातीका लागि ग्राण्डिङ मेशिन चलाउन सकिन्छ, कुखुरा पालन, माछा पालन, सिलाइबुनाइदेखि चिस्यान केन्द्र खोल्न सकिन्छ, डेरी चलाउन सकिन्छ। उनी भन्छिन्, “सबै कुरा तुरुन्तै होला भन्ने लागेको थियो तर बिजुली आएपछि पनि विकासको गति लिन समय लाग्ने रहेछ।” बिजुली बलेपछि गाउँलेको पहिलो प्रतिक्रिया सम्झ्ँदै उनले भनिन् “७० रुपैयाँ लिटरको मट्टीतेल अब किन्न पर्दैन भनेर गाउँले खुसी भएका थिए।”
देशको माया
तीन वर्षअघि परोपकार अनाथालयका बालबालिकालाई जाडोको लुगा बाँड्दै ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने आफ्नो विद्यालयमा पढ्दाताकाको चाहना अहिले सम्झ्ँदा उनलाई हाँसो उठ्छ। उनी भन्छिन्, “राजनीतिका बारेमा अझ्ै बुझन सकेकी छैन, प्रधानमन्त्री कसरी बनिएला र! तर, देशका लागि केही गर्न प्रधानमन्त्री, मन्त्री या नेता नै बन्नुपर्छ भन्ने छैन।” उनका भनाइमा देशका लागि केही गर्ने चाहना भए पुग्छ, सबैले आ-आफ्नो ठाउँबाट सानै काम गरे पनि हुन्छ।
दृष्टिका बाबु डम्बरबहादुर अनाथ आश्रममा हुर्केका हुन्। जाडोको एकदिन बाबुले परोपकार अनाथालयका केटाकेटीहरूका लागि न्यानो कपडा जुटाउने तयारी गरेको उनले थाहा पाइन्। त्यसको जोहो गर्नका लागि अमेरिकामा १२ कक्षा पढ्दै गर्दा दृष्टिले आफ्ना पाँच जना साथीको सहयोग लिएर कलेजमा नेपाली खाना पकाइन् र पाँच डलरका दरले बिक्री गरिन्। खाना बेचेर जम्मा गरेको ३६० अमेरिकी डलरले अनाथ आश्रमका बालबालिकालाई स्वेटर र कापीकलम समेत पुग्यो। उनी भन्छिन् “सानो कुराले पनि कति ठूलो प्रभाव पार्दो रहेछ भन्ने अनुभव स्वेटर लगाएर खुसी भएका बच्चाहरूलाई देखेर भयो।”
दृष्टिलेे अमेरिकास्थित आफ्नो कोठामा नेपालको राष्ट्रिय झ्ण्डा राखेकी छिन्। यसले उनलाई आफ्नो देशमै रहेको आभास दिलाउँछ। तर यस पटक नेपाल आउँदा उनले नेपाली राष्ट्रियता छिन्नभिन्न हुँदै गएको महसुस गरिन्। उनको बुझ्ाइमा अहिले नेपाल र नेपाली भन्ने कुरा 'झ्ेलमा परेको भान हुँदैछ। यसलाई एकताले हटाउनुपर्छ। भन्छिन्, “हामीहरू जातिका आधारमा विभाजन भए यसले नेपाललाई कहाँ पुर्याउला?”

स्वास्थ्य : के हो क्यान्सर ?
भुटेको मासु, पोलेको सेकुवा र तारेको तरकारी बढी खानेलाई क्यान्सर हुन सक्छ
हाम्रै वरिपरि दिनदिनै देखिरहेका छौं, क्यान्सर लागेको व्यक्ति घरजग्गा बेचेर सकिनसकी २०/३० लाखसम्म खर्च गर्छन्, अन्तत्तोगत्वा यसैका कारण परलोकको यात्रा गर्न विवश हुन्छन् । क्यान्सरकै कारण मर्नेको संख्या दिनानुदिन बढिरहेको छ । किन यसो हुन्छ ? के हो त क्यान्सर ? के यसको साँच्चै औषधि छैन ?
नेपालजस्तो अति गरिब मुलुकमा मात्र होइन, संसारका साधनस्रोतको एकलौटी आधिपत्य जमाउने मुलुक अमेरिकामा पनि क्यान्सरबाट हुने मृत्युले दोस्रो स्थान ओगटेको छ । सन् २००१ मा ५,५३,४०० अमेरिकीको क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ र हरेक ४ अमेरिकीमध्ये एकको मत्यु क्यान्सरबाटै हुन्छ ।
के हो क्यान्सर ?
हरेक मानवमा क्यान्सरका कोष विद्यमान हुन्छन् । आवश्यक खानपान र वातावरण पाएमा मात्र ती कोष वृद्धि हुन्छन् । मानव कोषको बाहिरी भाग पातलो झिल्ली बनोटको हुन्छ । प्रतिकूल अवसरमा त्यो झिल्ली सजिलै नष्ट हुन्छ, कोषभित्रको तरल पदार्थ शरीरमा मिसिन जान्छ । यसरी स्वस्थ्य कोषको अवसान हुँदा शरीरको गणितले त्यस ठाउँमा अर्को नयाँ कोष पैदा गर्नुपर्ने आवश्यकतालाई पूर्ति गर्ने आदेश दिन्छ र नयाँ स्वस्थ्य कोष बन्छ । कुनै व्यक्तिमा कोषको अप्रत्यासित क्षय हुने क्रममा ज्यादै वृद्धि भयो भने शारीरिक गणितको लेखाजोखामा सन्तुलन गुम्न सक्छ र धेरै कोष पैदा हुन्छन् । शरीरमा विद्यमान कोषभन्दा निकै धेरै कोष पैदा भए भने त्यो ठाउँको वृद्धि असाधारण देखिन्छ । ती असाधारण रूपमा बढेका कोषको कुनै निर्धारित कार्य हुँदैन यही असाधारण वृद्धिलाई ट्युमर भनिन्छ । पछि त्यही ट्युमर क्यान्सरको रूपमा रूपान्तरित हुन्छन् ।
अस्वाभाविक वृद्धिका कारण ?
ट्युमर कोषको विकासका अवस्था अनगिन्ती कारणले हुन सक्छ । विज्ञानले यसको कारण आजसम्म परिभाषित गर्न सकेको छैन । क्यान्सरका कोषिकाको वृद्धि भएकाले तिनै कारणलाई नै पूर्वसावधानीका लागि सचेतसमेत गराइएका छन् । निम्न कारणले मान्छेमा क्यान्सरको लक्षण देखिन सक्छ ।
* भुटेको मासु, डढाएको सेकुवा, तारेका चिजबिज आदिको सेवन गर्दा ।
निरन्तर उच्च तापक्रममा तातिरहेको तैलीय पदार्थमा पकाएका, तारेका चिजवल्स, चिप्सलगायतका खाद्य पदार्थको सेवन गर्दा ।
* अत्यधिक एन्टिअक्सिडन्टसयुक्त खाना खाने गर्दा ।
* उच्च तापक्रमयुक्त स्थानमा निर्वस्त्र लामो समय बस्दा ।
* लामो समयसम्म वा पटकपटक एक्स-रे, गामा-रे, युमिरे, आईआररेलगायतका अदृश्य किरणसँगको सम्पर्कबाट ।
* ढुसी आएका मकै, बदामजस्ता वस्तुको सेवन गर्दा 'अफ्ला टक्सिन'जस्ता विषालु तत्त्वबाट ।
* डिडिटीजस्ता बोटबिरुवामा प्रयोग गरिएका विषादीको अवशेष रहेका पदार्थको सेवन गर्दा ।
* अनियमित मांसमदिराको अत्यधिक सेवनका साथै अत्यधिक यौनक्रीडा, अप्राकृतिक यौनक्रीडाका कारण ।
* स्तनपान नगराउने महिलामा पनि यो रोग देखिने ।
उपचार पद्धति ?
आधुनिक उपचार पद्धतिले क्यान्सरको उपचारका लागि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हार्मोन थेरापी र इम्युनोथेरापीको विकास गरेको छ ।
आधुनिक चिकित्सा पद्धतिले परिभाषित गरेका पद्धतिमध्ये हार्मोनथेरापी र इम्युनोथेरापी हाल त्यति प्रचलनमा आइसकेका छैनन् ।
केमोथेरापीमा ती अस्वाभाविक वृद्धि भएका कोषहरू -तन्तुहरू) लाई मार्न विशेष किसिमको रासायनिक पदार्थ शरीरमा पठाइन्छ । यसरी पठाइएको रसायनले मानव शरीरका कोषलाई अक्सिडाइज गरी नष्ट गर्ने पद्धतिमा आधारित छ । केमोथेरापीमा प्रयुक्त रासायनले ती निर्दिष्ट तन्तुमात्र नभई अन्य तन्तुसमेत नष्ट गर्ने गर्छ । केमोथेरापीको असर निकै पछिसम्म रहन्छ ।
शरीरको बाहिरी अंगमा विकसित क्यान्सरलाई उपचार गर्न रेडियोथेरापी पद्धतिद्वारा उपचार गर्ने गरिन्छ । यसमा अदृश्य किरणको प्रयोगद्वारा अस्वाभाविक वृद्धि भएका तन्तुलाई नष्ट गर्ने गरिन्छ । यसरी रेडियोथेरापी पद्धति प्रयोग गर्दा अक्सिडेसन प्रक्रियाद्वारा कोष नष्ट गरिने भएकाले यो उपचार पद्धति पनि हानिरहित छैन । क्यान्सरयुक्त तन्तुलाई शल्यक्रियाद्वारा काटेर फाल्ने क्रियालाई शल्यक्रिया पद्धति भनिन्छ । शल्यक्रिया गरेर फालेको स्थानमा क्यान्सरका कोषको अवशेष रहन सक्ने भएकाले केमोथेरापीको प्रयोग पनि आवश्यक ठहरिन सक्छ ।
वैकल्पिक उपचार
क्यान्सरका उपचारका लागि युनानी होमियोपेथिक, आयुर्वेदिकजस्ता स्थापित उपचार पद्धति पनि अपनाउन सकिन्छ । पोषणद्वारा उपचार गर्ने पद्धति अमेरिका, बेलायत, जापानजस्ता विकसित मुलुकबाट सुरु भइसकेको छ ।
मिश्रति उपचार
आयुर्वेदिक उपचार पद्धतिसँग पोषण उपचार पद्धतिको सम्मिश्रण गरी दुवैका सकारात्मक पक्षहरूलाई जोडी उपचार गर्दा अचुक प्रमाणित भएको छ । खानपानमा सन्तुलन ल्याउन सक्ने, ब्रह्मचर्यमा बस्न सक्ने र निर्दिष्ट समयसम्म केमोथेरापी, रेडियोथेरापी नगरी कुर्न सक्ने बिरामी सबैको समूल उपचार शतप्रतिशत सफल प्रमाणित भएको छ ।

किशोर-किशोरीमा हुने तीव्र यौन इच्छा
डा. राजेन्द्र भद्रा
पन्ध्र वर्षमा विश्वको तीव्र रुपमा शारीरिक परिवर्तन भइरहेको छ। स्कुलमा पनि किशोरावस्थामा हुने परिवर्तनबारे पढाइ भइरहेकाले यसबारे उसलाई राम्रै ज्ञान छ। यस अवस्थामा यौन इच्छा स्वाभाविक हो भन्ने कुरा पनि उसलाई थाहा छ।
तर अहिले तीव्र यौन इच्छाको कारणले उसले आफ्नो अध्ययनमा सक्दो ध्यान पुर्याउन सकेको छैन।कुनै युवती वा किशोरी देख्दा ऊ उत्तेजित हुन्छ। मनमा यौनसम्बन्धी कुरा मात्रै खेलिरहन्छ। यौनसम्पर्क राख्न पाए हुन्थ्यो भन्ने कल्पना गर्छ। त्यसबाट पर भाग्न खोजे तापनि सकिरहेको छैन। ऊ वरिपरिका व्यक्तिहरूलाई हेर्छ, अवलोकन गर्छ। उसलाई लाग्छ- उनीहरूमा कुनै यौन इच्छा नै छैन, कसैले यसबारेमा कुरा नै गर्दैनन्। उसले अरुसँग कुरा गर्न खोजे पनि कसैमा कुरा सुन्ने उत्साह पनि भेटेन। मानौं यो मामुली कुरा हो, यसको केही महत्त्व छैन, तर किन आफूलाई यस्तो भएको ? यति तीव्र यौन इच्छा किन ? आफूले मात्रै किन यसबाहेक अरु नै कुरा सोच्न गाह्रो भएको ? यो पक्कै पनि कुनै विकृति वा रोगको लक्षण हुनुपर्छ भन्ने सोचमा ऊ डुबेको छ।
वयष्क व्यक्तिमध्ये धेरैजसोले यस्ता कुरा भोगेको भए पनि पछि किन हो कुन्नि, बिर्सने गर्छन्। यो अन्योल हुनु अस्वाभाविक होइन, किनकि यौन विकासको बारेमा सुरुमा धेरैलाई थाहा नै हुँदैन। तर घरपरिवार र समाजले देखाउने व्यवहारले यसलाई झनै चर्को बनाइरहेको हुन्छ। सामान्य ज्ञानको कमीले कुनै गम्भीर रोग नै हो कि भन्नेसम्म पुग्न थाल्छ। समयमा नै सम्हालिन नसके वृत्ति विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।
यौन मानिसको अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो। यौनसम्बन्धी कतिपय क्रियाकलाप एकदम गोप्य वातावरणमा मात्र गरिन्छ। यसै सन्दर्भमा यौनसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुराले निर्देशित गर्ने भए पनि सक्दो लुकाउने गरोस्, नदेखोस् भनेर विशेष सतर्कता अपनाइन्छ। सानै उमेरदेखि यौनसम्बन्धी कुरालाई विशेष गरेर छलफल गर्न निरुत्साहित गरिन्छ। किन यस्तो गरिन्छ त भन्ने कुराका आ-आफ्नै कारण हुन सक्छन्, तर उचित जानकारी समयमै नदिँदा त्यसको नराम्रो प्रभाव पर्छ।

यौन इच्छा के हो ?
प्राकृतिक रुपमा सबै स्वस्थ व्यक्तिमा यौन इच्छा हुन्छ। मानवमनमा यौन इच्छा एकदम स्वाभाविक पनि हो। मानवजीवनको लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा बोल्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौन इच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक-फरक मत भए पनि यौन इच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यको लागि अभिप्रेरित गर्दछ।
यी आधारभूत कुरा भएको मस्तिष्कमा यसलाई सञ्चालन गर्ने कार्य प्राचीन मस्तिष्कको भागले गर्दछ। विकासको क्रममा करौडौं वर्षपहिले त्यस किसिमको मस्तिष्क विकसित भएको देखिन्छ। प्राणीको विकासक्रमलाई हेर्ने हो भने यो प्राचीन मस्तिष्क करौडौं वर्षहिले नै विकसित भएको देखिन्छ। मानवमा मस्तिष्कको अन्य थप भाग विकसित हुँदै गए पनि ती प्राचीन मस्तिष्कले अझै अन्य प्रणालीमा जस्तै महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
यौन इच्छा सञ्चालन पक्रिया
मोटामोटी रुपमा हेर्दा यौन इच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम (Endocrine system) अन्तर्गतका हर्मोन अर्थात् रागरसहरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतिर इन्द्रिय प्रणालीका साथमा स्नायु प्रणालीले पनि भूमिका खेलेको हुन्छ। पहिले इन्डोक्राइन प्रणालीले यौनक्रिया सञ्चालनमा भूमिका निर्वाह गर्दछ।
क) हर्मोनको प्रभाव
यौन इच्छा जाग्नुमा हर्मोन अर्थात् रागरसको महत्त्वपूर्ण भूमिका हुन्छ। पुरुष हर्मोन एन्ड्रोजन हो, जुन ९५ प्रतिशत अण्डकोष र यस्तै ५ प्रतिशत एड्रेलन कर्टेक्सबाट निस्कन्छ। प्रमुख पुरुष एन्ड्रोजन टेस्टेस्टेरोन हो। यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौन इच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। अण्डकोष निकालिएका वा ँखसी’ नै पारिएका व्यक्तिमा भएका अध्ययनबाट यस्ता निष्कर्ष निकालिएका हुन्। महिलामा पनि एन्ड्रोजन निस्कन्छ। पुरुषमा एन्ड्रोजनको कार्यलाई रोक्ने औषधिले यौन इच्छालाई नै प्रभाव पारेको भेटिन्छ। हाइपोगोनाडिजम (Hypogonadism) जसमा टेस्टेस्टेरोनको कमी भएको अवस्था हुन्छ, त्यसमा पनि यौन इच्छा वा यौन व्यग्रता हुँदैन।
के महिलामा पनि उसको यौनिकतामा पुरुष एन्ड्रोजनले जस्तो इस्ट्रोजनले कार्य गर्दछ त ? इस्ट्रोजन महिला रागरस भए पनि पुरुषमा पुरुष हर्मोनको प्रभावभन्दा फरक हुन्छ। इस्ट्रोजनले योनिको भित्री छालाको लचकता वा तन्कन सक्ने गुण र योनिलाई रसिलो बनाइराख्ने कार्यमा सहयोग गर्दछ। तर यौनसम्बन्धी कुरामा उत्प्रेरित गर्ने कार्यमा कत्तिको मद्दत गर्दछ भन्ने कुरा स्पष्ट छैन। महिलामा पनि टेस्टेस्टेरोनले नै यौन इच्छा वा यौन व्यग्रताको लागि महत्त्वपूर्ण भूमिका खेल्छ।
ख) इन्द्रियहरूका कुरा
अन्य कतिपय शरीरक्रियाको लागि आवश्यक भएजस्तै यौनक्रियाको लागि पनि हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाको लागि हाम्रा इन्द्रियहरू नभई नहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो। यो हाम्रो शरीरको पाँच इन्द्रियहरु- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्द्रियबाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ। यौन प्रतिक्रिया चक्र -यौनआनन्द पाउने कुरा) पनि ऐन्द्रिकताभित्र पर्छ।
स्पर्शः छाला नै बाह्य सम्पर्कमा आउने अंगको एक प्रमुख ज्ञानेन्द्रिय हो। अन्य कतिपय कार्यको लागि अहम् मूमिका खेलेजस्तै यौनकार्यमा पनि शायद यो सबैभन्दा महत्त्वपूर्ण छ। यौन आत्मीयताको लागि यो महत्त्वपूर्ण छ। शरीरका कतिपय अंग वा क्षेत्र स्पर्श गर्दा यौनको दृष्टिकोणले संवेदनशील हुने गर्छन्। यस्ता क्षेत्रलाई अंग्रेजीमा इरोजेनस जोन्स (Erogenous zones) भन्ने गरिन्छ। नेपालीमा कामोत्तेजक क्षेत्र भन्न सकिन्छ। यस्ता कामोत्तेजक क्षेत्रहरू यौनांग, नितम्ब, गुदद्वार, यौनांगवरिपरिको क्षेत्र, स्तन, तिघ्राको भित्री भाग, काखी, नाभी, गर्दन, कान अनि मुख -ओठ) हुन्, जुन विशेषतः स्वाभाविक रुपमा नै यौन उत्तेजक हुन्छन्। यसरी स्वाभाविक रुपमा कामोत्तेजक क्षेत्रलाई प्राथमिक कामोत्तेजन क्षेत्र भनिन्छ भने अनुभव र पछि सिकेर यौन उत्तेजित हुने शरीरका भागलाई भने सहायक कामोत्तेजक क्षेत्र भनिन्छ।
यौनसम्पर्क पनि एक विशेष स्पर्श नै हो। यहाँ एक यौनांगले अर्को यौना·को स्पर्श गरिरहेको हुन्छ।
दृष्टिः यौन इच्छामा यसको निकै ठूलो महत्त्व छ। स्पर्शपछि शायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुने गर्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ। सोधिँदा महिलाले त्यसो भन्ने गरेकोले त्यस्तो ठानिएको हुनुपर्छ। हालैका यौन उत्तेजना र प्रतिक्रियासम्बन्धी अध्ययनहरूमा पुरुष तथा महिलाको शरीरक्रिया उस्तै नै भएको भेटिएको हुनाले शायद अब दृष्टिकोणमा पनि परिवर्तन हुन सक्छ।
गन्धः गन्धको पनि मानव यौनजीवनमा निकै महत्त्व हुन्छ। सुगन्ध र अत्तरको प्रयोग गर्नुको पछिल्तिर मुख्य ध्येय चेतन वा अचेतन स्थितिमा यौन नै रहेको पाइन्छ। जनावरको तुलनामा घ्राण -सुँघ्ने) शक्ति सशक्त नभए पनि त्यसको सशक्त प्रभाव भने मानवमा पनि पाइन्छ। व्यक्तिको शरीरको गन्ध मन नपर्ने व्यक्तिसँग अन्तरंग सम्बन्ध कायम हुन केही गाह्रो हुन्छ। यौन इतिहास र सांस्कृतिक प्रभावले सिर्जना गरेको अवस्थामा विशेष गरेर के-कस्तो गन्धले उत्तेजित पार्छ वा पार्दैन भन्ने कुरा पनि निर्धारण गर्दछ। घ्राणशक्तिको महत्त्व भएको हुनाले नै सुगन्धको ठूलो व्यापार संसारभरि नै हुने गरेको छ।
स्वादः स्वादको प्रत्यक्ष सम्बन्ध र महत्त्व भने केही कम रहेको भटिन्छ। तर मुखमैथुनमा संलग्न हुनेको लागि यो निकै महत्त्वपूर्ण साबित हुन सक्छ। चुम्बन एकहदसम्म स्वादसँग सम्बन्धित हुन्छ। खानेकुरा वा व्यञ्जनको यौनसँग सम्बन्ध रहेको पाइन्छ। भोजन या मद्यपान यौन प्रलोभनमा प्रयोग हुने गरेको पाइन्छ। आहार र पोषणको स्वस्थ शरीर र त्यसको यौनसँग सम्बन्ध हुने नै भयो। डेटिङ वा प्रेमचर्या
(Courtship) मा जहिले पनि भोजनको व्यवस्था हुनु संयोग मात्र नहुन सक्छ, तर आफैं अनुसन्धानको विषय हुन सक्छ। यसबारे थप गहन खोज बाँकी नै छ।
ध्वनिः आवाज वा ध्वनिले पनि निकै महत्त्वपूर्ण भूमिका खेल्छ। जनावरहरूले विशेष आवाज निकालेर यौनसम्पर्क राख्न तयार भएको जनाउ दिने गर्छन्। पक्षीहरूमा त यो झनै महत्त्वको छ। हामीले गीत गाएको भन्ने गर्दछौं। आवाज र ध्वनिको मामिलामा धेरै विकास गरेको मानिसले यसलाई प्रयोग नगर्ने कुरा नै भएन। प्रेमालाप, भावना व्यक्त गर्नेजस्ता कुरादेखि लिएर यौनसम्पर्क र त्यस बेलाको सन्तुष्टिको आवाज आफैंमा मदहोस पार्ने अनि यौन उत्तेजक हुने गर्दछ।
ग) मस्तिष्कको भूमिका
मानिसले यौनसम्पर्कलाई ँशारीरिक सम्बन्ध’ भन्ने गरे पनि यसको मानसिक पाटो एकदमै महत्त्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जे-सुकै भए पनि अन्तिम रुपमा त्यसलाई अर्थ लगाउने र बुझने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई ँस्नायु प्रणाली तथा यौनांग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। यौनसम्बन्धी भावनाहरू मस्तिष्कबाट सुरू हुन्छन्। यसरी सोच्ने हो भने मस्तिष्क नै सबैभन्दा महत्त्वपूर्ण यौन अंग हो।
कतिपय प्राणीजस्तै मानवमा पनि प्राचीन मस्तिष्कले भोक, निद्रा, प्यास अनि यौनलाई सञ्चालित गर्दछ। यौन व्यग्रता सञ्चालित गर्ने मस्तिष्कको भागलाई मोटामोटी रुपमा लिम्बिक सिस्टम (Limbic system) भनिन्छ। वास्तवमा गहिरिएर हेर्ने हो भने यौनसम्बन्धी सबैजसो सन्देशहरूलाई सञ्चालन गर्ने अंग नै मस्तिष्क हो। यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाट नै प्रस्फुटन हुने गर्दछन्। यौनांग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमा नै एकीकृत गरिने तथा बुझिने गरिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र नै पूरा हुँदैन। कुनै पनि अंगबाट आएका यौनसन्देशलाई मस्तिष्कले ठीक तरिकाले अर्थ लगाएपछि मात्र त्यसले यौन उत्तेजनाको रुपमा कार्य गर्दछ र हामी उत्तेजित भएको महसुस गर्दछौं। त्यसैलै शायद कतिपय अर्थमा मस्तिष्क नै सबैभन्दा ठूलो यौन अंग मान्न सकिन्छ।
मानिसमा स्वाभाविक रुपमा नै विचार, भावना र स्मरणहरू आउँछन्, तर यी कुराहरु एक जटिल प्रक्रयाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्द्रियको संलग्नताविना नै हुन सक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुन सक्छ। शारीरिक मात्र नभई सांस्कृतिक कुराको प्रभावले पनि कुन कुरा यौन उत्तेजक र कुन कुरा यौन आनकर्षक लाग्न सक्छ भन्ने कुरालाई यस्तै कुराले निर्देशित गरेको हुन्छ।
यौनसम्पर्कबाट नै जीवनको सुरुआत भएका हामी सबैको लागि यौनसम्पर्क गरेर वंशजको निरन्तरतालाई साथ दिई प्राकृतिक नियमको पालना गर्नु दायित्व हो। यौनसम्पर्क राख्ने इच्छा अर्थात् यौन इच्छा हुनु जरुरी छ। यो किन भन्ने कुराको मूल कारण खोज्दा हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो। पूर्वीय दर्शनको केही पक्षले यौनसम्पर्क सन्तान उत्पत्तिका लागि मात्र हुनुपर्ने कुरालाई जोड दिएका छन्। तर अहिले पहिलेको जस्तो वंश निरन्तरताको लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दको लागि यसको प्रयोग निकै नै हुने गरेको भेटिन्छ।
मानवजातिमा योन निकै आनन्ददायी हुने गरेको कुरामा कुनै विवाद छैन। भनिन्छ, योन जति सुखमय मानव जीवनमा अन्य सुख नै हुँदैन। कतिपय प्राणीजगत्मा निश्चित समयमा मात्र यौन सक्रिय हुन्छ र सो अवधिमा मात्र यौनसम्पर्क राख्छन्। मानव भने जुनसुकै समयमा यौनसम्पर्क राख्न तयार रहन्छ। संसारमा यौनसम्बन्धी कुरामा कुनै आकर्षण नलाग्ने वा यौन व्यवहार अनाकर्ष लाग्ने व्यक्ति पनि नभेटिने होइन्न्, तर यस्ता अयौनिक व्यक्तिको संख्या अति नै न्यून हुने गर्दछ।
यौनभावना समस्या होइन
यौन प्राकृतिक कुरा हो भन्ने बुझनु र त्यसलाई आत्मसात् गर्नु जरुरी छ। यौन इच्छा भयो भनेर यसबारे चिन्ता लिनु नै पर्दैन। तर कतिपय व्यक्ति विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौनभावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग थाहा हुँदैन। यसो हुँदा अलमलमा पर्ने हुन्छ। र विशेष गरेर किशोरावस्थामा यो झनै चर्को रुपमा हुने गर्दछ।
यौनभावनाको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्त्वपूर्ण हो। यसबारे शरीर, अंग-प्रत्यंगको विकास अनि त्यससँगसँगै विकसित भएर आउने अनेक यौनभावनाका बारेमा समुचित जानकारी दिन सकिए समस्या निर्मूल नभए पनि त्यसले गराउने तनाव, चिन्तालाई कम गर्न सकिन्छ। यसो हुनुले त स्वस्थ रुपमा यौन विकास भइरहेको कुरालाई संकेत गर्दछ। यौन इच्छा स्वाभाविक भएकोले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित गर्नु महत्त्वपूर्ण हो।
विपरीत लिंगी व्यक्तिप्रतिको आकर्षणलाई मात्र आकर्षण हो कि वास्तविक प्रेम हो भनेर छुटयाई उचित निर्णय गर्न सक्नुपर्छ। यौनसम्पर्क नै नराखे पनि हस्तमैथुन यौन इच्छा शान्त पार्ने एक उपाय हुन सक्छ। समाजले बनाएको नियम र मूल्य-मान्यताभित्र कतिपय कुरा मान्न सक्ने बनाउनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो। मानवसभ्यता जति विकसित हुँदै छ, त्यति नै जटिल पनि हुँदै छ। अब जैविक दृष्टिकोणलाई पनि प्राकृतिक मानी पछयाएर पुग्दैन, यस सभ्य समाजको नियम पालना गर्नु पनि आवश्यक छ।
यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम हुने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौनसाहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुराहरू केही मात्रामा सहयोगी हुन सक्छन्।
यौनभावना वा यौन इच्छा नै नहुनु बरु समस्या हो। समस्या नै नभएको कुरालाई समस्या ठान्नु आफैंमा एक समस्या हो। दैनिक जीवनमा यस्ता कुराले गम्भीर नकारात्मक प्रभाव पार्न थाल्यो भनेचाहिँ विशेषज्ञको सहयोग चाहिन सक्छ।
Subscribe to:
Posts (Atom)