Saturday, March 6, 2010

भीरबाट खस्यो एम्बुलेन्स

खावा, २२ फागुन
जिरीबाट कान्ति अस्पताल काठमाडौंमा बिरामी बालक लिएर आएको जिरी अस्पतालको एम्बुलेन्स शनिबार बिहानै अरनिको राजमार्गको खावामा सडकबाट एक सय मीटर तल खसेको छ । विहान पौने चारबजे सडकबाट खसेको एम्बुलेन्समा चालकसहित चारजना सवार थिए । सबै जना सकुशल रहेको प्रहरीले बताएको छ । प्रहरीले एम्बलेन्स चालकलाई नियन्त्रणमा लिएको छ भने बिरामी र आफन्तलाई उद्धार गरी काठमाडौं पठाएको छ ।

बडालगाउँ जाने घुम्तीनजिकै सो एम्बुलेन्स खसेको थियो । स्थानीयवासीहरु सो स्थानबाट धेरै पटक मोटरसाइकल र गाडी खसिसकेको बताउँछन् । केही चालकहरुले गाडी चलाउँदै आउने क्रममा सो स्थानमा चारवटा बाटो देखिने बताए ।

चेलीबेटी बेचबिखन विरुद्ध लोकदोहोरी

पाँचखाल, २२ फागुन
एक सयौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार काभ्रेको जैशीथोकमा आयोजित चेलीबेटी बेचबिखन विरुद्ध जनचेतनामूलक लोकदोहोरी प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको लक्ष्मी तामाङले उद्घाटन गरेकी छिन् । उनी बर्म्बईमा बेचिएर पछि फिर्ता भएकी नेपाली चेली हुन् ।मानव अधिकार शिक्षा तथा सूचना केन्द्र-हुरेन्स) ले आयोजना गरेको उक्त कार्यक्रम महिला वाच ज्याम्दी र अग्रसर महिला बहुद्देश्यिय सहकारी संस्थाले सह-आयोजना गरेका छन् ।

स्थानीय चण्डेनी माध्यमिक विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विभिन्न १० टीमले भाग लिएका छन् । प्रतियोगितामा वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, चर्चित लोकगायकहरु नवराज घोरासैने, हरि थापा, मन्जु गौतम, शान्ति बस्नेतले गीत गाएका छन् । युवाहरुका ढुकढुकी बनेका पप गायक हरि कर्माचार्य र कलाकार रामशरण जंगम समेत सहभागी भएका छन् ।

सहकारीकी अध्यक्ष सुन्तली सापकोटाको अध्यक्षताको कार्यक्रममा हुरेन्सका अध्यक्ष भोजराज तिमल्सिनाले चेलीबेटी बेचबिखनविरुद्ध लाग्नका लागि लोकदोहरी तथा सडक नाटकजस्ता कार्यक्रमले मद्दत गर्ने बताए । काभ्रे जिल्ला हुँदै छिमेकी जिल्लाका चेलीबेटीहरु लैजाने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय समुदायहरु पनि सक्रिय र चनाखो हुनु पर्नेमा जोड दिए ।

बेपत्ताको नाममा झुक्याएर राहत लिने गिरफ्तार

सिन्धुपाल्चोक, २३ फागुन
सशस्त्र द्वन्द्वको बेला राज्यद्वारा बेपत्ता बनाएको भन्दै जिल्ला प्रशाससन कार्यालयलाई झुक्याएर राहत लिने नवलपुर गाविस- ६ का चिनबहादुर तमाङलाई ०६६ फागुन २० गते प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्दा चलाउने तयारी गरिरहेको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको बेला नक्कली माओवादी बनेर काठमाण्डौको बौद्ध क्षेत्रमा ।

आतंङ्क तथा लुटपाट गर्दै हिँडेका चिनबहादुर तमाङलाई द्वन्द्वको बेला सेनाले गिरफ्तार गरी केहि दिन सैनिक हिरासतमा राखी रिहा गरेको थियो । त्यसैबेलादेखि काठमाण्डौ बस्दै आएका तामाङलाई नवलपुर गाविसको सर्वदलीय बैठकले बेपत्ता भएको भनी निर्णय गरेको आधारमा उनकी पत्नीले जिल्ला प्रशासन कार्यालय बाट राहत स्वरुप एकलाख रुपिया लिएकी थिइन् ।

जिप दुर्घटनामा २ को मृत्यु

सिन्धुपाल्चोक, २३ फागुन
अरनिको राजमार्ग अर्न्तर्गत सिन्धुपाल्चोकको चेहरेमा गएराती बलेरो जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा दोलखा घर भइ काठमाडौं बस्ने डम्बर उप्रेती र झापा घर भई भक्तपुर बस्ने रोशन शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुहरुको घटनास्थलमै मृत्यु भएको थियो ।


त्यस्तै दोलखा सुनखानी-९ का ३६ वर्षीय टेकराज शिवाकोटी, सोही ठाउ“का ३० वर्षीय अशोक शिवाकोटी र ओखलढुंगा तार्केघारी-६ का ३० वषर्ीय दिशान्त विष्ट घटनामा घाइते भएका छन् । घाइते शिवाकोटीद्धयको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दोलखामा हिजो भएको शिवाकोटी समाजको भेलामा भाग लिएर राजधानी र्फकंदै गर्दा राति ११ बजे बा७च ८३७६ नम्बरको बलेरो दर्घटना भएको हो ।

Wednesday, March 3, 2010

धादिङ सदरमुकाम तनावग्रस्त

धादिङबेसी २० फागुन
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले स्थानीय वाइसीएल कार्यकर्ता गोविन्द घिमिरे माथि विहीबार विहान आक्रमण गरेपछि धादिङ सदरमुकाम धादिङबेसी तनावग्रस्त भएको छ ।काङ्ग्रेस जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ र स्थानीय कार्यकर्ता राधाकृष्ण भण्डारीको नेतृत्वमा आएका युवाहरुको एक समूहले घिमिरेमाथि आक्रमण गरेको वाइसीएल धादिङले जनाएको छ । घाइते घिमिरेको सहिद मेमोरीयल अस्पताल धादिङवेसीमा उपचार भईरहेको छ ।

घटनाको विरोधमा वाईसियलले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेपछि धादिङबेसी तनावग्रस्त भएको छ ।धादिङकै पुल हाउस एण्ड रेष्टुरेन्टमा आक्रमणकारीहरु पेस्तोल र तरवारसहित बसेका भएपनि प्रहरीले पक्राउ नगरेको भन्दै वाईसिएलले विरोध जनाएको छ ।

अनमिनले सरकारलाई सूचना दिएन-रक्षामन्त्री

धुलिखेल, १९ फागुन
रक्षामन्त्री विद्यादेवी भण्डारीले सरकारलाई सूचना नदिएको आरोप लगाएकी छिन् । उनले माओवादी लडाकुको रेखदेख गर्ने अनमिनको भुमिका ठीक नभएकोसमेत दावी गरिन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ काभे्रले १०० औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार धुलिखेलमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री भण्डारीले सरकारले अनमिनसँग शिविरका माओवादी लडाकुको तथ्याङ्क माग्दा टेडो कुरा गरेको आरोप पनि लगाइन् ।

उनले भनिन् 'माओवादी लडाकुको तथ्याङ्क माग्दा गोप्य सूचना माग्यो भनेर अनमिनले उल्टै सरकारलाई आरोप लगायो ।' अनमिनले सरकारलाई तथ्याङ्क भन्नैपर्ने बताउँदै उनले नेपाली ढुकुटीबाट पालिने माओवादी लडाकुको तथ्याङ्क दिन अनमिनलाई अप्ठेरा नपर्ने उनको भनाई थियो ।
उनले अनमिनलाई शान्ति सम्झौतापछि माओवदीका लडाकुलाई बढाएर २५ हजार पुर्‍याइदिएको र तीन बर्षशिविरमा राखेर तालिम दिएको आरोप लगाईन् ।

शिविरमा रही अयोग्य भनिएका लडाकुमध्ये २ हजार छ सय मात्रै वास्तविक लडाकु र बाँकी १९ हजार पाँच सय ५० मध्ये पनि ५० प्रतिशत मात्रै लडाकु भएको उनले बताइन् । उनले् अहिले पनि शिविरमा लडाकु नदेखिएको दावी गरिन् ।

अनेम संघ जिल्लाध्यक्ष राममाया श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद्द्वय कृष्णप्रसाद सापकोटा र शिला कतिला, एमाले जिल्लाध्यक्ष गोकुल बाँस्कोटा, नेपाल पब्लिक क्याम्पसको केन्द्रीय कोषाध्यक्ष एवं महिला नेतृ अम्बुभवानी कार्कीलगायतले आ-आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

दोलखामा ट्रक पल्ट्यो, दुईको मृत्यु

दोलखा, १९ फागुन
दोलखाको तामाकोशी बजार नजिकै ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।नाम्डु गाविसमा भएको दुर्घटनामा एक घाइते र एक हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। दुर्घटना भएको बा २ ग १७१३ नम्बरको ट्रक कम्पनीको भीर भन्ने स्थानमा खसेको हो।

दुर्घटनास्थल चरिकोटबाट १९ किलोमिटर जिरीतर्फ पर्छ। टनास्थलतर्फ प्रहरी परिचालन भएको दोलखा प्रहरीले जानकारी दिएको छ।

तिव्वतीयन नागरिक तीन जना प्रहरीद्वारा पक्राउ

भक्तपुर, २० फागुन
भक्तपुर जिल्ला जगातेचोकबाट प्रहरीले फागुन १८ गते दिउसो जाँच गर्नेक्रममा काठमाडौँ आउदै गरेका तिव्वतीयन नागरिक सोनाम दोर्जेसहित ३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अध्यागमन कार्यालयमा बुझाएको छ ।

सञ्चार उद्यमीको हत्याको विरोधमा जुलुस प्रदर्शन

सिन्धुपाल्चोक,२० फागुन
जनकपुरका संचार उद्यमी अरुण सिंहानियाको हत्याको विरोधमा ०६६ फागुण २० गते विहान नेपाल पत्रकार महांसंघ जिल्ला शाखा सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा विरोध जुलुस प्रदशन गर्‍यो ।पत्रकार, मानवअधिकारकर्मी, वकीललगायत विभिन्न पेशाकर्मीहरु संलग्न भएको जुलुस चौतारास्थित प्रेस चोकबाट शुरु भई टुँडिखेल चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै इन्सेक जिल्ला प्रतिनिधि, गैसस महासंघका जिल्ला अध्यक्ष, नेपाल वारका जिल्ला सचिव, उद्योग वाणिज्य महासंघका जिल्ला सचिव लगायतले घटनाका दोषीहरुलाई कार्वाहीको माग गरे ।यसैगरी, धादिङमा नेपाल पत्रकार महासंघले सरकारले संचारकर्मीहरुको दिनदिनै हत्याका घटना भइरहेको र सुरक्षा दिन नसकेको भन्दै सुरक्षाको माग सहितको ज्ञापनपत्र ०६६ फागुन १९ गते नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको जानकारी प्राप्त भएको छ।

लेखनवृत्तिको रकम घर भाडामा !

भवन बन्ने कहिले हो ?
बनेपा, २० फागुन
नेपाल पत्रकार महासंघ, काभ्रे शाखाले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आएको रकम घरभाडा तिरेर दुरुपयोग गरेको छ । महिलाहरूका समस्यामा केन्द्रित भएर समाचार लेख्ने महिला पत्रकारलाई एउटा समाचार लेखेवापत रू. १ हजार लेखनवृत्ति दिने निर्णय गरेकोमा हालसम्म आफूहरूले उक्त रकम पाउन नसकेको महिला पत्रकारहरु वताउँछन् ।

आफूले समाचारको अभिलेख सहित बुझाएको महिनौं बितिसक्दा पनि आफूले लेखनवृत्ति प्राप्त गर्न नसकेको उनीहरुले वताए । पत्रकार उमा सिंहको १३ दिनको पुण्य तिथिको अवसर पारेर संचालन गरेको महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमको रकम दुरुपयोग गरी घर भाडामा प्रयोग भएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका एक सदस्यले बताए ।

दशैंअगाडि नै जिविसबाट प्राप्त रू. ५० हजारमध्ये केही रकम घर भाडामा प्रयोग गरेको र बाँकी रकम पनि लेखनवृत्ति स्वरुप दिनु पर्नेमा हालसम्म नदिएको भन्दै महिला पत्रकारहरूले असन्तुष्टि पोेखेका छन् ।

उता पत्रकार महासंघ काभ्रेको भवन बनाउन ६ महिना अघिदेखि नै शिलान्यास गरे पनि हालसम्म भवन निर्माणको कुनै काम सुरु हुन सकेको छैन । गत भदौ ३१ गते निकै तामझामका साथ बनेपा नगरपालिकाले दिएको जग्गामा महासंघले भवन बनाउन शिलान्यास गरेको थियो । सञ्चारमन्त्री शंकर पोख्रेलले महासंघको साधारणसभाको अवसर पारेर भवनको शिलान्यास गरे पनि हालसम्म थप कामअगाडि नबढेपछि भवन बन्नेमा आम पत्रकार विश्वस्त हुन सकेका छैनन् ।

Monday, March 1, 2010

मजदूरले पाएनन कामको ज्याला

रामेछाप, १८ फागुन
आफूले गरेको कामको ज्याला नपाएपछि यहाँका मजदूर समस्यामा परेका छन् । मन्थली गाल्पा सडक खण्डको भटौली खोलामा निर्माणाधीन कजवेको काम रोकिएपछि सयौं मजदुरहरु ज्याला पाउनवाट रोकिएका हुन् । मन्थली-पकरवास गाल्पा सडक खण्ड अन्तर्गत मुगिटारको भटौली खोलामा मोटरवाटोको लागि कजवे निमार्ण भइरहेको वेलामा स्थानीय जनताको अवरोध पछि निर्माण रोकिएको थियो । सो निर्माण कार्य रोकिएपछि सयौं मजदुरहरुले काम गरेको ज्याला पाउन सकेका छैनन् ।

निर्माण कार्य रोकीएपछि दातृले पैसा भुक्तानी दिन सक्ने अवस्था पनि नभएकोले उनीहरुले काम गरिसकेको पारिश्रमिक समेत दिन नसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामवहादुर तामाङ्गले वताए । निर्माण भइसकेको कतिपय काम पनि भत्कन लागिसकेको जानकारी तामाङ्गले दिए ।

करीव ९६ लाखको ठेक्कामा निर्माण हुन लागेको उक्त कजवे निर्माणमा अवरोध पुगेपछि मजदुरहरु मात्र हैन ठेकेदार अन्य सर्वसाधारणलाई समेत समस्या परेको छ । कजवे निर्माणका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु सिमेन्ट वालुवा ढुङ्गा र तारजाली समेत जम्मा गरिसकेको अवस्थामा आफुहरुले यस अघि गरेको कामको भुक्तानि पनि पाउन नसकेको र काम रोकिएपछि कामको खोजीमा अन्यत्र जान पनि समस्या भएको मजदुरहरु वताउँछन् ।

यसै विच भटौली खोलाको कजवे निर्माण कार्यमा गरिएको अवरोध हटाउनका लागि स्थानीय वासिन्दाले जिविस रामेछापमा निवेदन दर्ता गराएका छन् । जग्गा धनीहरु समेत ५३ जना सर्वसाधारणले हस्ताक्षर गरी स्थानीय विकास अधिकारी दिलीप कुमार चापागाईलाई वुझाएको ज्ञापन पत्रमा तत्काल कजवे निर्माणको काम अघि नवढाए आफुहरु आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिँदै बलवहादुर माझीको अधयक्षतामा २१ सदस्यीय समिति समेत गठन गरेका छन् ।

व्यक्तिगत प्रयासमा विकट क्षेत्रमा विजुली

बनेपा, १८ फागुन
अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्।

यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसेटिभ अवार्ड पायो। दृष्टि भन्छिन्, “एउटा गाउँका लागि बनाएको प्रोजेक्टलाई दुईतिरबाट रकम जुटेपछि तुरुन्तै अर्को गाउँ खोजेर काम गरेँ।”

कसरी बन्यो सोच
काठमाडौंको सेन्टमेरिज हाईस्कूलबाट ६ वर्षअघि १० कक्षा उत्तीर्ण गर्नासाथ छात्रवृत्ति पाएर उनी अमेरिकाको मेक्सिकोस्थित युनाइटेड वर्ल्ड कलेज पुगेकी थिइन्। किशोरी दृष्टिमा त्यहाँ ९२ देशबाट पढ्न आएका २०० विद्यार्थीहरूसँग दुई वर्ष बिताउँदा नेपाल र नेपाली हुनुको महसुस भयो। सन् २००७ मा १२ कक्षा उत्तीर्णपछि यी मेधावी विद्यार्थीले मिडलबेरी कलेजमा थप अध्ययनको लागि छात्रवृत्ति पाइन्। जहाँ द्वन्द्वग्रस्त क्षेत्रमा उपयोगी हुने कुनै आयोजनाको उत्कृष्ट खाका बनाउने एक विद्यार्थीले अन्तरकलेज प्रतिस्पर्धामा १० हजार अमेरिकी डलर पाउने थाहा पाएपछि उनी आफ्नै देश सम्झ्ेर घोत्लिन्। शुरुमा दुर्गम गाउँमा औषधि र स्वास्थ्य चेतना पुर्‍याउने सोच आयो। पछि माइक्रो फाइनान्स चलाएर गाउँलेलाई आत्मनिर्भर बनाउने, सोलार टुकी बालेर उज्यालो बनाउने जस्ता योजना सल्बलाए। भन्छिन्, “सजिलै हुने कामभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने योजना बनाउन म चाहन्थें।” यसक्रममा बुबा डम्बरबहादुर नेपालीले नेपालको जलविद्युत् क्षेत्रमा गरेका धेरै काम सम्झ्िइन्, दृष्टिले। सानैदेखि चिलिमे जलविद्युत् आयोजनामा बुवाले काम गरेको, पानीबाट बिजुली निकालेको देखेकी दृष्टिले माइक्रो हाइड्रोपावरका बारेमा इन्टरनेटबाट जानकारी बटुलेर अध्ययन गरिन्। उनी भन्छिन्, “माइक्रो हाइड्रोबारे अध्ययन गरेर एउटा सानो प्रोजेक्टको खाका बनाएपछि मात्रै बुबालाई सोध्दा उहाँ छक्क पर्नु भो!” बुबाले हौस्याएपछि उनमा झ्नै उत्साह बढ्यो।


तर उत्साहपूर्वक तयार पारिएको प्रोजेक्ट प्रतिस्पर्धामा दोस्रो भयो। तैपनि उनले हरेस खाइनन्। कलेजका प्रमुखलाई आफ्नो योजना र नेपालका दुर्गम गाउँमा बिजुलीको महत्वबारे बुझ्ाएपछि कलेज उनलाई १० हजार डलर दिन तयार भयो। रकम पाउनासाथ गाउँलेबाट श्रमदान लिने गरी काम शुरु गरिन्। कसैलाई सहयोग गर्नु छ भने माछा नदेऊ माछा मार्ने सीप देऊ भन्ने भनाइ अनुसार गाउँलेलाई आयोजनामा प्रत्यक्ष सहभागी गराएको उनी बताउँछिन्। घर-घरमा विद्युत् पुर्‍याउने तार, चीम र होल्डरमा घरधनीले नै लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरियो। ५०० मिटर टाढाको खोलाबाट पाइपमा पानी ल्याएर गत असारमा ललितपुरको गुर्दङ गाउँमा बत्ती बलेपछि गाउँलेले दृष्टिलाई फूलमाला पहिर्‍याएर सम्मान गरे।

यता काम भइरहँदा दृष्टिले बनाएको त्यही योजनाले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसियटिभ अवार्ड पाएको खबर आयो। जुन उपयोग गर्नका लागि अर्को त्यस्तै गाउँ खोज्दा काभ्रेको तल्लो केराबारीका गाउँलेले बत्ती चाहियो भनेर ठाउँ ठाउँमा हारगुहार गरिरहेको थाहा पाइन्। राजमार्गबाट तीन घण्टामा हिँडेर पुगिने तल्लो केराबारीमा २५ पुसमा बत्ती बलेपछि गाउँलेहरूले दृष्टिलाई भने, “हाम्रो गाउँ अँध्यारो र गरिब थियो तपाईंले आज हामीलाई धनी बनाइदिनुभयो।” गाउँलेले यसो भन्दा फूलमाला र अबिरले रङ्गिएकी दृष्टिका आँखा हर्षले रसाए। उनले जलविद्युत् व्यवस्थापन र सञ्चालनका लागि केही रकम छुट्याएर गाउँलेलाई नै हस्तान्तरण गरिदिएकी छन्। केराबारीमा बिजुली बालेर माघको पहिलो साता अमेरिका उडेकी दृष्टि बेलाबेलामा गाउँमा फोन गरेर आयोजना चले नचलेको बुझने गर्छिन्।

बिजुली आउनासाथ गाउँको कायापलट हुन्छ भन्ने दृष्टिले सोचेकी थिइन्। उनलाई लाग्थ्यो, बिजुली आएपछि केटाकेटीले राति पनि पढ्न पाउँछन्, खेतीपातीका लागि ग्राण्डिङ मेशिन चलाउन सकिन्छ, कुखुरा पालन, माछा पालन, सिलाइबुनाइदेखि चिस्यान केन्द्र खोल्न सकिन्छ, डेरी चलाउन सकिन्छ। उनी भन्छिन्, “सबै कुरा तुरुन्तै होला भन्ने लागेको थियो तर बिजुली आएपछि पनि विकासको गति लिन समय लाग्ने रहेछ।” बिजुली बलेपछि गाउँलेको पहिलो प्रतिक्रिया सम्झ्ँदै उनले भनिन् “७० रुपैयाँ लिटरको मट्टीतेल अब किन्न पर्दैन भनेर गाउँले खुसी भएका थिए।”

देशको माया
तीन वर्षअघि परोपकार अनाथालयका बालबालिकालाई जाडोको लुगा बाँड्दै ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने आफ्नो विद्यालयमा पढ्दाताकाको चाहना अहिले सम्झ्ँदा उनलाई हाँसो उठ्छ। उनी भन्छिन्, “राजनीतिका बारेमा अझ्ै बुझन सकेकी छैन, प्रधानमन्त्री कसरी बनिएला र! तर, देशका लागि केही गर्न प्रधानमन्त्री, मन्त्री या नेता नै बन्नुपर्छ भन्ने छैन।” उनका भनाइमा देशका लागि केही गर्ने चाहना भए पुग्छ, सबैले आ-आफ्नो ठाउँबाट सानै काम गरे पनि हुन्छ।

दृष्टिका बाबु डम्बरबहादुर अनाथ आश्रममा हुर्केका हुन्। जाडोको एकदिन बाबुले परोपकार अनाथालयका केटाकेटीहरूका लागि न्यानो कपडा जुटाउने तयारी गरेको उनले थाहा पाइन्। त्यसको जोहो गर्नका लागि अमेरिकामा १२ कक्षा पढ्दै गर्दा दृष्टिले आफ्ना पाँच जना साथीको सहयोग लिएर कलेजमा नेपाली खाना पकाइन् र पाँच डलरका दरले बिक्री गरिन्। खाना बेचेर जम्मा गरेको ३६० अमेरिकी डलरले अनाथ आश्रमका बालबालिकालाई स्वेटर र कापीकलम समेत पुग्यो। उनी भन्छिन् “सानो कुराले पनि कति ठूलो प्रभाव पार्दो रहेछ भन्ने अनुभव स्वेटर लगाएर खुसी भएका बच्चाहरूलाई देखेर भयो।”
दृष्टिलेे अमेरिकास्थित आफ्नो कोठामा नेपालको राष्ट्रिय झ्ण्डा राखेकी छिन्। यसले उनलाई आफ्नो देशमै रहेको आभास दिलाउँछ। तर यस पटक नेपाल आउँदा उनले नेपाली राष्ट्रियता छिन्नभिन्न हुँदै गएको महसुस गरिन्। उनको बुझ्ाइमा अहिले नेपाल र नेपाली भन्ने कुरा 'झ्ेलमा परेको भान हुँदैछ। यसलाई एकताले हटाउनुपर्छ। भन्छिन्, “हामीहरू जातिका आधारमा विभाजन भए यसले नेपाललाई कहाँ पुर्‍याउला?”

स्वास्थ्य : के हो क्यान्सर ?

भुटेको मासु, पोलेको सेकुवा र तारेको तरकारी बढी खानेलाई क्यान्सर हुन सक्छ

हाम्रै वरिपरि दिनदिनै देखिरहेका छौं, क्यान्सर लागेको व्यक्ति घरजग्गा बेचेर सकिनसकी २०/३० लाखसम्म खर्च गर्छन्, अन्तत्तोगत्वा यसैका कारण परलोकको यात्रा गर्न विवश हुन्छन् । क्यान्सरकै कारण मर्नेको संख्या दिनानुदिन बढिरहेको छ । किन यसो हुन्छ ? के हो त क्यान्सर ? के यसको साँच्चै औषधि छैन ?

नेपालजस्तो अति गरिब मुलुकमा मात्र होइन, संसारका साधनस्रोतको एकलौटी आधिपत्य जमाउने मुलुक अमेरिकामा पनि क्यान्सरबाट हुने मृत्युले दोस्रो स्थान ओगटेको छ । सन् २००१ मा ५,५३,४०० अमेरिकीको क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ र हरेक ४ अमेरिकीमध्ये एकको मत्यु क्यान्सरबाटै हुन्छ ।

के हो क्यान्सर ?
हरेक मानवमा क्यान्सरका कोष विद्यमान हुन्छन् । आवश्यक खानपान र वातावरण पाएमा मात्र ती कोष वृद्धि हुन्छन् । मानव कोषको बाहिरी भाग पातलो झिल्ली बनोटको हुन्छ । प्रतिकूल अवसरमा त्यो झिल्ली सजिलै नष्ट हुन्छ, कोषभित्रको तरल पदार्थ शरीरमा मिसिन जान्छ । यसरी स्वस्थ्य कोषको अवसान हुँदा शरीरको गणितले त्यस ठाउँमा अर्को नयाँ कोष पैदा गर्नुपर्ने आवश्यकतालाई पूर्ति गर्ने आदेश दिन्छ र नयाँ स्वस्थ्य कोष बन्छ । कुनै व्यक्तिमा कोषको अप्रत्यासित क्षय हुने क्रममा ज्यादै वृद्धि भयो भने शारीरिक गणितको लेखाजोखामा सन्तुलन गुम्न सक्छ र धेरै कोष पैदा हुन्छन् । शरीरमा विद्यमान कोषभन्दा निकै धेरै कोष पैदा भए भने त्यो ठाउँको वृद्धि असाधारण देखिन्छ । ती असाधारण रूपमा बढेका कोषको कुनै निर्धारित कार्य हुँदैन यही असाधारण वृद्धिलाई ट्युमर भनिन्छ । पछि त्यही ट्युमर क्यान्सरको रूपमा रूपान्तरित हुन्छन् ।

अस्वाभाविक वृद्धिका कारण ?
ट्युमर कोषको विकासका अवस्था अनगिन्ती कारणले हुन सक्छ । विज्ञानले यसको कारण आजसम्म परिभाषित गर्न सकेको छैन । क्यान्सरका कोषिकाको वृद्धि भएकाले तिनै कारणलाई नै पूर्वसावधानीका लागि सचेतसमेत गराइएका छन् । निम्न कारणले मान्छेमा क्यान्सरको लक्षण देखिन सक्छ ।

* भुटेको मासु, डढाएको सेकुवा, तारेका चिजबिज आदिको सेवन गर्दा ।
निरन्तर उच्च तापक्रममा तातिरहेको तैलीय पदार्थमा पकाएका, तारेका चिजवल्स, चिप्सलगायतका खाद्य पदार्थको सेवन गर्दा ।
* अत्यधिक एन्टिअक्सिडन्टसयुक्त खाना खाने गर्दा ।
* उच्च तापक्रमयुक्त स्थानमा निर्वस्त्र लामो समय बस्दा ।
* लामो समयसम्म वा पटकपटक एक्स-रे, गामा-रे, युमिरे, आईआररेलगायतका अदृश्य किरणसँगको सम्पर्कबाट ।
* ढुसी आएका मकै, बदामजस्ता वस्तुको सेवन गर्दा 'अफ्ला टक्सिन'जस्ता विषालु तत्त्वबाट ।
* डिडिटीजस्ता बोटबिरुवामा प्रयोग गरिएका विषादीको अवशेष रहेका पदार्थको सेवन गर्दा ।
* अनियमित मांसमदिराको अत्यधिक सेवनका साथै अत्यधिक यौनक्रीडा, अप्राकृतिक यौनक्रीडाका कारण ।
* स्तनपान नगराउने महिलामा पनि यो रोग देखिने ।

उपचार पद्धति ?
आधुनिक उपचार पद्धतिले क्यान्सरको उपचारका लागि शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हार्मोन थेरापी र इम्युनोथेरापीको विकास गरेको छ ।

आधुनिक चिकित्सा पद्धतिले परिभाषित गरेका पद्धतिमध्ये हार्मोनथेरापी र इम्युनोथेरापी हाल त्यति प्रचलनमा आइसकेका छैनन् ।

केमोथेरापीमा ती अस्वाभाविक वृद्धि भएका कोषहरू -तन्तुहरू) लाई मार्न विशेष किसिमको रासायनिक पदार्थ शरीरमा पठाइन्छ । यसरी पठाइएको रसायनले मानव शरीरका कोषलाई अक्सिडाइज गरी नष्ट गर्ने पद्धतिमा आधारित छ । केमोथेरापीमा प्रयुक्त रासायनले ती निर्दिष्ट तन्तुमात्र नभई अन्य तन्तुसमेत नष्ट गर्ने गर्छ । केमोथेरापीको असर निकै पछिसम्म रहन्छ ।

शरीरको बाहिरी अंगमा विकसित क्यान्सरलाई उपचार गर्न रेडियोथेरापी पद्धतिद्वारा उपचार गर्ने गरिन्छ । यसमा अदृश्य किरणको प्रयोगद्वारा अस्वाभाविक वृद्धि भएका तन्तुलाई नष्ट गर्ने गरिन्छ । यसरी रेडियोथेरापी पद्धति प्रयोग गर्दा अक्सिडेसन प्रक्रियाद्वारा कोष नष्ट गरिने भएकाले यो उपचार पद्धति पनि हानिरहित छैन । क्यान्सरयुक्त तन्तुलाई शल्यक्रियाद्वारा काटेर फाल्ने क्रियालाई शल्यक्रिया पद्धति भनिन्छ । शल्यक्रिया गरेर फालेको स्थानमा क्यान्सरका कोषको अवशेष रहन सक्ने भएकाले केमोथेरापीको प्रयोग पनि आवश्यक ठहरिन सक्छ ।

वैकल्पिक उपचार
क्यान्सरका उपचारका लागि युनानी होमियोपेथिक, आयुर्वेदिकजस्ता स्थापित उपचार पद्धति पनि अपनाउन सकिन्छ । पोषणद्वारा उपचार गर्ने पद्धति अमेरिका, बेलायत, जापानजस्ता विकसित मुलुकबाट सुरु भइसकेको छ ।

मिश्रति उपचार
आयुर्वेदिक उपचार पद्धतिसँग पोषण उपचार पद्धतिको सम्मिश्रण गरी दुवैका सकारात्मक पक्षहरूलाई जोडी उपचार गर्दा अचुक प्रमाणित भएको छ । खानपानमा सन्तुलन ल्याउन सक्ने, ब्रह्मचर्यमा बस्न सक्ने र निर्दिष्ट समयसम्म केमोथेरापी, रेडियोथेरापी नगरी कुर्न सक्ने बिरामी सबैको समूल उपचार शतप्रतिशत सफल प्रमाणित भएको छ ।

किशोर-किशोरीमा हुने तीव्र यौन इच्छा

डा. राजेन्द्र भद्रा
पन्ध्र वर्षमा विश्वको तीव्र रुपमा शारीरिक परिवर्तन भइरहेको छ। स्कुलमा पनि किशोरावस्थामा हुने परिवर्तनबारे पढाइ भइरहेकाले यसबारे उसलाई राम्रै ज्ञान छ। यस अवस्थामा यौन इच्छा स्वाभाविक हो भन्ने कुरा पनि उसलाई थाहा छ।
तर अहिले तीव्र यौन इच्छाको कारणले उसले आफ्नो अध्ययनमा सक्दो ध्यान पुर्‍याउन सकेको छैन।कुनै युवती वा किशोरी देख्दा ऊ उत्तेजित हुन्छ। मनमा यौनसम्बन्धी कुरा मात्रै खेलिरहन्छ। यौनसम्पर्क राख्न पाए हुन्थ्यो भन्ने कल्पना गर्छ। त्यसबाट पर भाग्न खोजे तापनि सकिरहेको छैन। ऊ वरिपरिका व्यक्तिहरूलाई हेर्छ, अवलोकन गर्छ। उसलाई लाग्छ- उनीहरूमा कुनै यौन इच्छा नै छैन, कसैले यसबारेमा कुरा नै गर्दैनन्। उसले अरुसँग कुरा गर्न खोजे पनि कसैमा कुरा सुन्ने उत्साह पनि भेटेन। मानौं यो मामुली कुरा हो, यसको केही महत्त्व छैन, तर किन आफूलाई यस्तो भएको ? यति तीव्र यौन इच्छा किन ? आफूले मात्रै किन यसबाहेक अरु नै कुरा सोच्न गाह्रो भएको ? यो पक्कै पनि कुनै विकृति वा रोगको लक्षण हुनुपर्छ भन्ने सोचमा ऊ डुबेको छ।
वयष्क व्यक्तिमध्ये धेरैजसोले यस्ता कुरा भोगेको भए पनि पछि किन हो कुन्नि, बिर्सने गर्छन्। यो अन्योल हुनु अस्वाभाविक होइन, किनकि यौन विकासको बारेमा सुरुमा धेरैलाई थाहा नै हुँदैन। तर घरपरिवार र समाजले देखाउने व्यवहारले यसलाई झनै चर्को बनाइरहेको हुन्छ। सामान्य ज्ञानको कमीले कुनै गम्भीर रोग नै हो कि भन्नेसम्म पुग्न थाल्छ। समयमा नै सम्हालिन नसके वृत्ति विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।
यौन मानिसको अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो। यौनसम्बन्धी कतिपय क्रियाकलाप एकदम गोप्य वातावरणमा मात्र गरिन्छ। यसै सन्दर्भमा यौनसँग प्रत्यक्ष सम्बन्ध राख्ने कुराले निर्देशित गर्ने भए पनि सक्दो लुकाउने गरोस्, नदेखोस् भनेर विशेष सतर्कता अपनाइन्छ। सानै उमेरदेखि यौनसम्बन्धी कुरालाई विशेष गरेर छलफल गर्न निरुत्साहित गरिन्छ। किन यस्तो गरिन्छ त भन्ने कुराका आ-आफ्नै कारण हुन सक्छन्, तर उचित जानकारी समयमै नदिँदा त्यसको नराम्रो प्रभाव पर्छ।


यौन इच्छा के हो ?
प्राकृतिक रुपमा सबै स्वस्थ व्यक्तिमा यौन इच्छा हुन्छ। मानवमनमा यौन इच्छा एकदम स्वाभाविक पनि हो। मानवजीवनको लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा बोल्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौन इच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक-फरक मत भए पनि यौन इच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यको लागि अभिप्रेरित गर्दछ।
यी आधारभूत कुरा भएको मस्तिष्कमा यसलाई सञ्चालन गर्ने कार्य प्राचीन मस्तिष्कको भागले गर्दछ। विकासको क्रममा करौडौं वर्षपहिले त्यस किसिमको मस्तिष्क विकसित भएको देखिन्छ। प्राणीको विकासक्रमलाई हेर्ने हो भने यो प्राचीन मस्तिष्क करौडौं वर्षहिले नै विकसित भएको देखिन्छ। मानवमा मस्तिष्कको अन्य थप भाग विकसित हुँदै गए पनि ती प्राचीन मस्तिष्कले अझै अन्य प्रणालीमा जस्तै महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।


यौन इच्छा सञ्चालन पक्रिया
मोटामोटी रुपमा हेर्दा यौन इच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम (Endocrine system) अन्तर्गतका हर्मोन अर्थात् रागरसहरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतिर इन्द्रिय प्रणालीका साथमा स्नायु प्रणालीले पनि भूमिका खेलेको हुन्छ। पहिले इन्डोक्राइन प्रणालीले यौनक्रिया सञ्चालनमा भूमिका निर्वाह गर्दछ।


क) हर्मोनको प्रभाव
यौन इच्छा जाग्नुमा हर्मोन अर्थात् रागरसको महत्त्वपूर्ण भूमिका हुन्छ। पुरुष हर्मोन एन्ड्रोजन हो, जुन ९५ प्रतिशत अण्डकोष र यस्तै ५ प्रतिशत एड्रेलन कर्टेक्सबाट निस्कन्छ। प्रमुख पुरुष एन्ड्रोजन टेस्टेस्टेरोन हो। यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौन इच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। अण्डकोष निकालिएका वा ँखसी’ नै पारिएका व्यक्तिमा भएका अध्ययनबाट यस्ता निष्कर्ष निकालिएका हुन्। महिलामा पनि एन्ड्रोजन निस्कन्छ। पुरुषमा एन्ड्रोजनको कार्यलाई रोक्ने औषधिले यौन इच्छालाई नै प्रभाव पारेको भेटिन्छ। हाइपोगोनाडिजम (Hypogonadism) जसमा टेस्टेस्टेरोनको कमी भएको अवस्था हुन्छ, त्यसमा पनि यौन इच्छा वा यौन व्यग्रता हुँदैन।
के महिलामा पनि उसको यौनिकतामा पुरुष एन्ड्रोजनले जस्तो इस्ट्रोजनले कार्य गर्दछ त ? इस्ट्रोजन महिला रागरस भए पनि पुरुषमा पुरुष हर्मोनको प्रभावभन्दा फरक हुन्छ। इस्ट्रोजनले योनिको भित्री छालाको लचकता वा तन्कन सक्ने गुण र योनिलाई रसिलो बनाइराख्ने कार्यमा सहयोग गर्दछ। तर यौनसम्बन्धी कुरामा उत्प्रेरित गर्ने कार्यमा कत्तिको मद्दत गर्दछ भन्ने कुरा स्पष्ट छैन। महिलामा पनि टेस्टेस्टेरोनले नै यौन इच्छा वा यौन व्यग्रताको लागि महत्त्वपूर्ण भूमिका खेल्छ।


ख) इन्द्रियहरूका कुरा
अन्य कतिपय शरीरक्रियाको लागि आवश्यक भएजस्तै यौनक्रियाको लागि पनि हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाको लागि हाम्रा इन्द्रियहरू नभई नहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो। यो हाम्रो शरीरको पाँच इन्द्रियहरु- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्द्रियबाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ। यौन प्रतिक्रिया चक्र -यौनआनन्द पाउने कुरा) पनि ऐन्द्रिकताभित्र पर्छ।
स्पर्शः छाला नै बाह्य सम्पर्कमा आउने अंगको एक प्रमुख ज्ञानेन्द्रिय हो। अन्य कतिपय कार्यको लागि अहम् मूमिका खेलेजस्तै यौनकार्यमा पनि शायद यो सबैभन्दा महत्त्वपूर्ण छ। यौन आत्मीयताको लागि यो महत्त्वपूर्ण छ। शरीरका कतिपय अंग वा क्षेत्र स्पर्श गर्दा यौनको दृष्टिकोणले संवेदनशील हुने गर्छन्। यस्ता क्षेत्रलाई अंग्रेजीमा इरोजेनस जोन्स (Erogenous zones) भन्ने गरिन्छ। नेपालीमा कामोत्तेजक क्षेत्र भन्न सकिन्छ। यस्ता कामोत्तेजक क्षेत्रहरू यौनांग, नितम्ब, गुदद्वार, यौनांगवरिपरिको क्षेत्र, स्तन, तिघ्राको भित्री भाग, काखी, नाभी, गर्दन, कान अनि मुख -ओठ) हुन्, जुन विशेषतः स्वाभाविक रुपमा नै यौन उत्तेजक हुन्छन्। यसरी स्वाभाविक रुपमा कामोत्तेजक क्षेत्रलाई प्राथमिक कामोत्तेजन क्षेत्र भनिन्छ भने अनुभव र पछि सिकेर यौन उत्तेजित हुने शरीरका भागलाई भने सहायक कामोत्तेजक क्षेत्र भनिन्छ।
यौनसम्पर्क पनि एक विशेष स्पर्श नै हो। यहाँ एक यौनांगले अर्को यौना·को स्पर्श गरिरहेको हुन्छ।
दृष्टिः यौन इच्छामा यसको निकै ठूलो महत्त्व छ। स्पर्शपछि शायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुने गर्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ। सोधिँदा महिलाले त्यसो भन्ने गरेकोले त्यस्तो ठानिएको हुनुपर्छ। हालैका यौन उत्तेजना र प्रतिक्रियासम्बन्धी अध्ययनहरूमा पुरुष तथा महिलाको शरीरक्रिया उस्तै नै भएको भेटिएको हुनाले शायद अब दृष्टिकोणमा पनि परिवर्तन हुन सक्छ।
गन्धः गन्धको पनि मानव यौनजीवनमा निकै महत्त्व हुन्छ। सुगन्ध र अत्तरको प्रयोग गर्नुको पछिल्तिर मुख्य ध्येय चेतन वा अचेतन स्थितिमा यौन नै रहेको पाइन्छ। जनावरको तुलनामा घ्राण -सुँघ्ने) शक्ति सशक्त नभए पनि त्यसको सशक्त प्रभाव भने मानवमा पनि पाइन्छ। व्यक्तिको शरीरको गन्ध मन नपर्ने व्यक्तिसँग अन्तरंग सम्बन्ध कायम हुन केही गाह्रो हुन्छ। यौन इतिहास र सांस्कृतिक प्रभावले सिर्जना गरेको अवस्थामा विशेष गरेर के-कस्तो गन्धले उत्तेजित पार्छ वा पार्दैन भन्ने कुरा पनि निर्धारण गर्दछ। घ्राणशक्तिको महत्त्व भएको हुनाले नै सुगन्धको ठूलो व्यापार संसारभरि नै हुने गरेको छ।
स्वादः स्वादको प्रत्यक्ष सम्बन्ध र महत्त्व भने केही कम रहेको भटिन्छ। तर मुखमैथुनमा संलग्न हुनेको लागि यो निकै महत्त्वपूर्ण साबित हुन सक्छ। चुम्बन एकहदसम्म स्वादसँग सम्बन्धित हुन्छ। खानेकुरा वा व्यञ्जनको यौनसँग सम्बन्ध रहेको पाइन्छ। भोजन या मद्यपान यौन प्रलोभनमा प्रयोग हुने गरेको पाइन्छ। आहार र पोषणको स्वस्थ शरीर र त्यसको यौनसँग सम्बन्ध हुने नै भयो। डेटिङ वा प्रेमचर्या
(Courtship) मा जहिले पनि भोजनको व्यवस्था हुनु संयोग मात्र नहुन सक्छ, तर आफैं अनुसन्धानको विषय हुन सक्छ। यसबारे थप गहन खोज बाँकी नै छ।
ध्वनिः आवाज वा ध्वनिले पनि निकै महत्त्वपूर्ण भूमिका खेल्छ। जनावरहरूले विशेष आवाज निकालेर यौनसम्पर्क राख्न तयार भएको जनाउ दिने गर्छन्। पक्षीहरूमा त यो झनै महत्त्वको छ। हामीले गीत गाएको भन्ने गर्दछौं। आवाज र ध्वनिको मामिलामा धेरै विकास गरेको मानिसले यसलाई प्रयोग नगर्ने कुरा नै भएन। प्रेमालाप, भावना व्यक्त गर्नेजस्ता कुरादेखि लिएर यौनसम्पर्क र त्यस बेलाको सन्तुष्टिको आवाज आफैंमा मदहोस पार्ने अनि यौन उत्तेजक हुने गर्दछ।


ग) मस्तिष्कको भूमिका
मानिसले यौनसम्पर्कलाई ँशारीरिक सम्बन्ध’ भन्ने गरे पनि यसको मानसिक पाटो एकदमै महत्त्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जे-सुकै भए पनि अन्तिम रुपमा त्यसलाई अर्थ लगाउने र बुझने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई ँस्नायु प्रणाली तथा यौनांग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। यौनसम्बन्धी भावनाहरू मस्तिष्कबाट सुरू हुन्छन्। यसरी सोच्ने हो भने मस्तिष्क नै सबैभन्दा महत्त्वपूर्ण यौन अंग हो।
कतिपय प्राणीजस्तै मानवमा पनि प्राचीन मस्तिष्कले भोक, निद्रा, प्यास अनि यौनलाई सञ्चालित गर्दछ। यौन व्यग्रता सञ्चालित गर्ने मस्तिष्कको भागलाई मोटामोटी रुपमा लिम्बिक सिस्टम (Limbic system) भनिन्छ। वास्तवमा गहिरिएर हेर्ने हो भने यौनसम्बन्धी सबैजसो सन्देशहरूलाई सञ्चालन गर्ने अंग नै मस्तिष्क हो। यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाट नै प्रस्फुटन हुने गर्दछन्। यौनांग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजनाहरू मस्तिष्कमा नै एकीकृत गरिने तथा बुझिने गरिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र नै पूरा हुँदैन। कुनै पनि अंगबाट आएका यौनसन्देशलाई मस्तिष्कले ठीक तरिकाले अर्थ लगाएपछि मात्र त्यसले यौन उत्तेजनाको रुपमा कार्य गर्दछ र हामी उत्तेजित भएको महसुस गर्दछौं। त्यसैलै शायद कतिपय अर्थमा मस्तिष्क नै सबैभन्दा ठूलो यौन अंग मान्न सकिन्छ।
मानिसमा स्वाभाविक रुपमा नै विचार, भावना र स्मरणहरू आउँछन्, तर यी कुराहरु एक जटिल प्रक्रयाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्द्रियको संलग्नताविना नै हुन सक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुन सक्छ। शारीरिक मात्र नभई सांस्कृतिक कुराको प्रभावले पनि कुन कुरा यौन उत्तेजक र कुन कुरा यौन आनकर्षक लाग्न सक्छ भन्ने कुरालाई यस्तै कुराले निर्देशित गरेको हुन्छ।
यौनसम्पर्कबाट नै जीवनको सुरुआत भएका हामी सबैको लागि यौनसम्पर्क गरेर वंशजको निरन्तरतालाई साथ दिई प्राकृतिक नियमको पालना गर्नु दायित्व हो। यौनसम्पर्क राख्ने इच्छा अर्थात् यौन इच्छा हुनु जरुरी छ। यो किन भन्ने कुराको मूल कारण खोज्दा हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो। पूर्वीय दर्शनको केही पक्षले यौनसम्पर्क सन्तान उत्पत्तिका लागि मात्र हुनुपर्ने कुरालाई जोड दिएका छन्। तर अहिले पहिलेको जस्तो वंश निरन्तरताको लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दको लागि यसको प्रयोग निकै नै हुने गरेको भेटिन्छ।
मानवजातिमा योन निकै आनन्ददायी हुने गरेको कुरामा कुनै विवाद छैन। भनिन्छ, योन जति सुखमय मानव जीवनमा अन्य सुख नै हुँदैन। कतिपय प्राणीजगत्मा निश्चित समयमा मात्र यौन सक्रिय हुन्छ र सो अवधिमा मात्र यौनसम्पर्क राख्छन्। मानव भने जुनसुकै समयमा यौनसम्पर्क राख्न तयार रहन्छ। संसारमा यौनसम्बन्धी कुरामा कुनै आकर्षण नलाग्ने वा यौन व्यवहार अनाकर्ष लाग्ने व्यक्ति पनि नभेटिने होइन्न्, तर यस्ता अयौनिक व्यक्तिको संख्या अति नै न्यून हुने गर्दछ।


यौनभावना समस्या होइन
यौन प्राकृतिक कुरा हो भन्ने बुझनु र त्यसलाई आत्मसात् गर्नु जरुरी छ। यौन इच्छा भयो भनेर यसबारे चिन्ता लिनु नै पर्दैन। तर कतिपय व्यक्ति विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौनभावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग थाहा हुँदैन। यसो हुँदा अलमलमा पर्ने हुन्छ। र विशेष गरेर किशोरावस्थामा यो झनै चर्को रुपमा हुने गर्दछ।
यौनभावनाको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्त्वपूर्ण हो। यसबारे शरीर, अंग-प्रत्यंगको विकास अनि त्यससँगसँगै विकसित भएर आउने अनेक यौनभावनाका बारेमा समुचित जानकारी दिन सकिए समस्या निर्मूल नभए पनि त्यसले गराउने तनाव, चिन्तालाई कम गर्न सकिन्छ। यसो हुनुले त स्वस्थ रुपमा यौन विकास भइरहेको कुरालाई संकेत गर्दछ। यौन इच्छा स्वाभाविक भएकोले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित गर्नु महत्त्वपूर्ण हो।
विपरीत लिंगी व्यक्तिप्रतिको आकर्षणलाई मात्र आकर्षण हो कि वास्तविक प्रेम हो भनेर छुटयाई उचित निर्णय गर्न सक्नुपर्छ। यौनसम्पर्क नै नराखे पनि हस्तमैथुन यौन इच्छा शान्त पार्ने एक उपाय हुन सक्छ। समाजले बनाएको नियम र मूल्य-मान्यताभित्र कतिपय कुरा मान्न सक्ने बनाउनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो। मानवसभ्यता जति विकसित हुँदै छ, त्यति नै जटिल पनि हुँदै छ। अब जैविक दृष्टिकोणलाई पनि प्राकृतिक मानी पछयाएर पुग्दैन, यस सभ्य समाजको नियम पालना गर्नु पनि आवश्यक छ।
यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम हुने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौनसाहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुराहरू केही मात्रामा सहयोगी हुन सक्छन्।
यौनभावना वा यौन इच्छा नै नहुनु बरु समस्या हो। समस्या नै नभएको कुरालाई समस्या ठान्नु आफैंमा एक समस्या हो। दैनिक जीवनमा यस्ता कुराले गम्भीर नकारात्मक प्रभाव पार्न थाल्यो भनेचाहिँ विशेषज्ञको सहयोग चाहिन सक्छ।

Sunday, February 28, 2010

तराईमा आज होली

काठमाडौं ,१७ फागुन
आपसी मेलमिलाप र सदभावको सन्देशका साथ होली पर्व सोमबार तराई क्षेत्रमा परम्परागत रूपमा विभिन्न रङ, अविर र लोला खेली मनाइदैछ । पहाडी क्षेत्रमा भने आइतबार होली मनाईएको थियो । सडक, गल्ली, चोक र घर-घरमा आफन्त र साथभाइसँग रङ छ्यापेर तथा अविर दलेर होली मनाउनेहरु प्रशस्त देखिन्छन् ।

होलीका अवसरमा विभिन्न संघसंस्थाहरुले शुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।होली पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

होलीका क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौ,१७ फागुन
रमाइलो गर्न होली खेलिरहेका बागबजारका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जगबाट पानी फाल्दा नजिकैको नाङगो तारबाट करेन्ट सट भइ भारतीय नागरिक रैसुल आलमको मृत्यु भएको हो ।बागबजारमा आफू बस्ने घरको कौशीबाट नजिकैको साथीलाई पानी छ्याप्दा उनलाई हातमा करेन्ट लागेको आफन्तले बताए ।

उनीसँगै उनका भाइ, मामा र अन्य आफन्त पनि होली खेलिरहेका थिए । करेन्ट झटाले लडेका उनको टाउकोमा चोट लागेको थियो । उपचारका लागि मोडल अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीले जनायो । अस्पतालले ठुलो भोल्टेजको करेन्टका कारण आलमको मृत्यु भएको जनाएको छ । अन्तिम संस्कारका लागि आफन्तले उनको शब आइतबार साँझ भारत लगेका छन् ।

होलीको रमझम-फोटो फिचर

बनेपा, १६ फागुन
फागु पूर्णिर्मा अर्थात होलीको रमझमले काभ्रेका विभिन्न बजार तथा गाउँहरु अहिले उल्लासमय भएको छ । बिहान सुनसान देखिएको बनेपा, धुलिखेल र पनौती बजारमा अहिले होली खेल्नेहरुको रमझम बढ्दै गएको छ । विगतको जस्तो रातो रंगको स्थान अहिले सिल्भर कलरले लिएको छ । धेरै ठाउँमा यसकै बजार देखिएको थियो । तर, रातो रंग लगाउनेको कमी पनि छैन । होलीको अवसरमा देखिएका गतिविधिलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

सीमा प्रहरीको दरबन्दी थप गर्न माग

दोलखा, १६ फागुन
चीनबाट दोलखाको लामावगर नाका हुँदै अबैध प्रवेश गर्ने तिब्बतीको संख्या बढेपछि सीमा प्रहरीको दरबन्दी थप गर्न माग गरिएको छ । यो आर्थिक बर्षमात्र ५३ तिब्बतीलाई दोलखा प्रहरीले पक्राउ गरी अध्यागमनमा बुझाइसकेको छ । अघिल्ला दुई आर्थिक बर्षमा एकजना पनि तिब्बतीहरु पक्राउ पर्न सकेका थिएनन । आर्थिक बर्षको साउन महिनादेखि नै अबैध प्रवेशको लहरले सीमा प्रहरीलाई पक्राउ गर्ने र बुझाउन ल्याउन झमेला थपिएको छ ।

अबैध तिब्बती प्रवेशको समस्या थपिएपछि १६ जनाको दरबन्दी रहेको सीमा प्रहरी लामावगरमा ३५ जनाको दरबन्दी बनाउन प्रस्ताव गरिएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए । प्रक्राउ गरेपछि सदरमुकाम ल्याउन दुई दिन लाग्ने हुँदा त्यति दरबन्दी अपुग भएको उनले बताए ।

प्रहरीका अनुसार यो बर्षको साउनमा ७ जना, कात्तिकमा ८ जना, माघमा १७ जना र फागुनको अहिलेसम्म २१ जना तिब्बती पक्राउ परिसकेका छन् । चीनको फलाक नाकाबाट लुकिछिपी छिचोलेर लामावगर क्षेत्र आएपछि स्थानीयवासीको खवरले उनीहरुलाई पक्राउ गर्ने गरिएको छ ।

उनीहरुलाई नेपालीले सीमा प्रहरीसम्म ल्याइदिने वा सिधै काठमाडौं लाने गरेको भेटिएको छ । फागुन महिनामा प्रवेश गर्ने तिब्बतीसँग लामावगरका पुष्कर खत्री पक्राउ परेका थिए । उनी त्यस्तो काममा पहिलेदेखि सक्रिय भएको सुइको प्रहरीले पाएको थियो । कार्वाहीका लागि दोलखा प्रहरीले उनलाई पनि अध्यागमनमै पठाएको छ । अबैध तिब्बती भित्राउन सक्रिय गिरोहले पैसामा काम गर्ने गरेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । तिब्बतबाट दलाई लामाको दर्शन र स्वतन्त्रताको आकर्षण देखाई तिब्बतीलाई त्यहीँको गिरोहले नेपाल पठाइदिने शंका गरिएको छ ।

'पक्राउ परेपछि मुठ्ठी बाधेर दुई हातको बुढी औला देखाउदै दलाई भन्दै भुईतिर घोप्टो पर्ने गर्छन,' प्रहरी नायव उपरीक्षक सिंहले भने । अग्रेजी र नेपाली नबुझ्ने भएकोले प्रहरीले सम्बादमा कठिन महशुस गर्दै आएको छ । उनीहलाई अध्यागमनसम्म लाने स्रोतसाधनको अभाव पनि प्रहरीलाई छ । अध्यागमन पुर्‍याइएका तिब्बतीहरुलाई शरणार्थी परिचयपत्र दिने व्यवस्था छ । बाषिर्क रुपले परिचयपत्र नवीरकण गरेपछि उनीहरु नेपालको जुनकुनै स्थानमा शरणार्थी जीवन बिताउँन पाउने छन् ।

दोलखा प्रहरीलाई ०६४ र ६५ मा भने अबैध प्रवेशको झमेला परेन । ०६३ सालमा २२ जना तिब्बती पक्राउ परेका थिए । त्यसपछि ०६६ सालमा भने लगातार प्रहरीले यो समस्या झेल्नु परेको छ । ०६० मा द्धन्दले जिल्ला प्रहरी कार्यालय सार्नु परेकाले त्यस अघिको तथ्याङ छैन ।

रामभक्त मेमोरियलको अभिभावक दिवस

बनेपा, १६ फागुन
रामभक्त मेमोरियल स्कुल, बनेपाको पाँचौ अभिभाबक दिवस शनिवार एक कार्यक्रमका साथ सम्पन्न भयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डा. विद्या प्रधानांगको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका कला समूहका विद्यार्थीहरुका तर्फबाट निकिता पलाञ्चोके र सर्जु पोटेले केही समय पहिले आयोजना गरिएको कला प्रदर्शनीका क्रममा चित्रकला बिक्रीबाट संकलित रकम एस.ओ.एसर्.हर्मन माइनर स्कुल काभ्रेका प्रिन्सिपल इश्वरी प्रसाद शर्मालाई बालग्रामको मित्र बन्ने अनुरोध सहित हस्तान्तरण गरेका थिए ।

काभ्रे एस ओ एस बाल ग्राम स्थापनाको बाह्र बर्षो दौरान समूहगत रुपमा बालग्रामाको मित्र बन्न विद्यार्थीहरुले अनुरोध गरेको यो पहिलो भएको वताएका थिए । विद्यार्थीहरुको आफ्नै प्रयासको आयवाट अनाथहरुको सहयोगमा लाग्ने कार्यबाट उनी भाव विभोर बनेका थिए ।अभिभावक दिवशमा अभिभावकहरुले आफ्ना सन्ततिका सम्वन्धमा राम्रो जानकारी राख्न जरुरत हुने दर्शाउँदै उत्कृष्ट अभिभावक खेल आयोजना गरिएकोमा साजन बैदार उत्कृष्ट अभिभावक घोषित भए ।

कार्यक्रममा कक्षा गत शिक्षणमा सम्मिलित शिक्षिकाहरुलाई सम्मानको चिनो प्रदान गरिएको थियो भने विद्यार्थीहरुको प्रदान गरेका मतका आधारमा सब भन्दा मन पर्ने, सब भन्दा उत्साहित, सब भन्दा बुझिने गरि सिकाउने र सब भन्दा समय पालक शिक्षक गरि चार बिधा मध्य अगिल्लो तीन ओटा बिधामा बढी मत प्राप्त गर्ने विज्ञान शिक्षक प्रकाश सञ्जेल र पछिल्लो बिधामा चुनिएका शिक्षकद्वय छत्रकाजी श्रेष्ठ र तिर्सना कुमार मोक्तानलाई बिषेश उपहार प्रदान गरिएको थियो ।

सो अवसरमा बिभिन्न अतिरिक्त क्रियाकलापमा विजयी बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

फागुन २१ मा २ चलचित्र

बनेपा, १६ फागुन
नेपाली चलचित्रहरुको बजार राम्रो छैन भन्ने धेरै छन् । चलचित्र बनायो तर आम्दानी केही छैन भन्ने पनि धेरै नै छन् । तर यी सबै कुराको पर्वाह नगरी यतिखेर धमाधम नयाँ चलचित्रहरुको निर्माण हुने क्रमको जारी छ । जुन मात्रामा चलचित्रहरु निर्माण भइरहेका छन् त्यही अनुपातमा बनेका चलचित्रहरु रिलिज गर्नका लागि पनि तछाड मछाड नै छ । कसैले क्यू सिस्टमलाई कुरेर चलचित्र प्रर्दशन गराउँछने त कसैले जस्को शक्ति उसको भक्ति भन्दै जे पनि गर्छन् ।

तर जे जस्तो भए पनि चैते दशैंलाई लक्षित गरी उपत्यका बाहिरका विभिन्न हलहरुबाट २ चलचित्रहरु प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु हुन् आफ्नो मान्छे आफ्नै हुन्छ र दाग । लामो समयदेखि सानो पर्दामा काम गर्दै आएका कलाकार मुनाल घिमिरेले निर्माण गरेको चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ लाई सफल टेलिचलचित्रहरुका दिर्नेशक ऋषि लामिछानेले निर्देशन गरेका छने । पारिवारिक, सेन्टिमेन्ट्सले भरिएको चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छमा विराज भट्ट, रेखा थापा, मुकेश ढकाल, अरुणिमा लम्साल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा संगीत महेश खड्काले दिएका छन् र यतिखेर चलचित्रको शीर्ष गीत फिल्मी बजार चर्चित भइरहेको छ ।

यस्तै, दाग-नमिटएको घाउ पनि फागुन २१ कै मितिमा प्रदर्शनका लागि तम्तयार छ । पुरानै नाउँ भएता पनि विषयवस्तु फरक रहेको र दर्शकहरुले आफनो चलचित्रलाई निकै मन पराउँनेमा यसका निर्माण पक्ष विश्वस्त छन् । चलचित्रहरुलाई मणिराम पैडेलले निर्माणगरेका हुने भने निदैृशन विजय थापाको रहेको छ । चलचित्र दागमा निखिल उप्रेती, सञ्चिता लुइटेल, अरुणिमा लम्साल लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने चलचित्रमा संगीत महेश खड्का दिएका छन् ।

रण रहोस्, यतिखेर नायक निखिल उप्रेती र सञ्चिता लुइटेललाई वास्तविक जोडीका रुपमा चलचित्र क्षेत्रमा हर्ेर्ने गरिन्छ । तर जेहोस् फागुन २१ गते रिलिज हुन लागेका यी २ चलचित्रहरुले राम्रो व्यापार गरुन् र जुधाईको मारमा भने कोही निर्माता पनि नपरुन् हाम्रो शुभकामना ।

स्वस्थ्यको जीप प्रहरीकहाँ

दुरुपयोग भएको आरोप
धुलिखेल, १६ फागुन

विदाको दिन पनि दुरुपयोग गर्दै आफन्त ओर्सार्न प्रयोग गरिएको जिल्ला स्वास्थ्य कार्यालयको गाडीलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । शनिबार विदाको दिन पनि आफ्ना आफन्त ओर्सार्न प्रयोग भइरहेको अवस्थामा जिल्ला स्वास्थ्य कार्यालयको बा १ झ ३३६६ नंवरको जीपलाई धुलिखेलका स्थनीय बासिन्दा एवं नेपाल मजदूर किसान पार्टीका नेता चन्द्रलाल तुसुजुले हिजो दिउँसो नियन्त्रणमा लिएका थिए ।

जीप नियन्त्रणमा लिएपछि तुसुजुले जिल्ला प्रहरी कार्यालयलाई उक्त जीप बुझाएका छन् । हाल उक्त गाडी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । विदाको दिन आवश्यक परे कार्यालयको पास लिएर चलाउन पाइने नियम छ । तर, विनापास शनिबार उक्त गाडीमा चालकका आफन्त तथा अन्य व्यक्ति बोकिररहेको अवस्थामा पक्राउ गरिएको तुसुजुले वताए । यसअघि पनि धेरै पटक उक्त जीपको दुरुपयोग भएको उनको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेन्द्र चौरसियाले भने कार्यालयको कामकै लागि गाडी प्रयोग भएको दाबी गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द कार्कीका अनुसार, गाडीको विषयमा छानबीन भइरहेको छ ।

Thursday, February 25, 2010

एकीकृत माओवादीका जिल्ला सदस्यमाथि कुटपिट

रामेछाप,१३ फागुन
एकीकृत माओवादी रामेछापका जिल्ला कमिटिका सदस्य एवम् नेपाल रेडक्रस रामेछापका सभापति रामबहादुर कार्कीलाई ०६६ फागुन १० गते उनकै गाउँ सुनारपानी गाविसमा स्थानीय गाउँलेहरूले कुटपिट गरी घाइते बनाएका छन् ।

सुनारपानी गाविसमा फागुन १० गते गाविसले आयोजना गरेको गाउँको योजना तर्जुमा बैठमा माओवादीको तर्फबाट सहभागी भएका कार्की र माओवादी बाहेकका अन्य पार्टीका स्थानीय गाउँलेबीच योजनाका बारेमा विवाद भएको थियो । विवादका क्रममा कार्कीले स्थानीय युवाहरूलाई हातपात गरेपछि गाउँलेहरूले उनलाई कुटपिट गरेको गाउँलेहरूको भनाइ रहेको छ भने कार्की पक्षको भने आफूलाई सुनियोजितरूपमा आक्रमण गरिएको आरोप लगायो । कुटपिटबाट घाइते भएका कार्कीलाई १० गते नै प्रहरीले मन्थली ल्याएको थियो ।

उनलाई थप उपचारको लागि फागुन ११ गते काठमाडौँ लगिएको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले सुनारपानी गाविसबाट एमाले निकट अनेरास्ववियुका कार्यकर्ता राजु कार्कीलाई गिरफ्तार गरी हिरासतमा लिएको छ ।
नवराज पथिक

ट्राफिक कार्यालयमा 'राजश्व' मा अनियमितता

बनेपा,१३ फागुन
ट्राफिक प्रहरी कार्यालय बनेपा अर्न्तगत उठ्ने राजश्व माघ महिनामा ब्यापक अनियमितता भएको छ । पनौतीमा लाग्ने मकर मेलामा आउने दैनिक चार सय वटा ट्याक्सिहरुले वुझाएको रकम राजश्वमा दाखिला भएको छैन । पटके नतिरी आउँदा प्रति ट्याक्सि २ सय अनिवार्य तिर्नुपर्ने भए पनि ट्राफिक प्रहरी कार्यालय बनेपाले सबै सँग एकसय र एकसय पचास लिदै पठाउने गरेको रहस्य खुलेको छ ।

गत पुषमा भन्दा माघ महिनामा राजश्व कम उठेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको रेकर्डमा माघ महिनामा २३ हजार चार सय भन्दा राजश्व संकलन भएन । पौषमा ४५ हजार ५ सय राजश्व उठेको थियो भने मसिंरमा ४५ हजार ५ सय नै उठेको थियो । सवारी चापका कारण पनि पौषको तुलनामा तेव्वर राजश्व दाखिला हुनुपर्नेमा कार्यालयले त्यसो नगरी सम्वन्धित ब्यक्तिहरु मार्फ कार्यालय प्रमुख प्रहरी निरिक्षक नरेन्द्र देउजाले गोजीमा राखेको श्रोतले जानकारी दिएको छ ।

देउजा भक्तपुरमा घर बनाईरहेका छन् मकरमा छलेको राजश्वले एक तल्ला घर निर्माण गर्न पुग्नेछ । कार्यालयको गाडी समेत दुरुपयोग गरेर देउजाले सिमेन्ट लगायतका सामानहरु ओर्सार्दै आएका थिए । दुर्घटनास्थलमा जानु पर्दा कार्यालयको गाडी भक्तपुरमा हुन्छ अन्य भाडाका गाडी लिएर प्रहरीहरु त्यसतर्फजाने गरेका छन् ।

देउजाले राजश्व मात्रै छलेका छैनन् अन्य सवारी साधनबाट समेत रकम असुल्न भ्याएका छन् । अन्य सवारी साधनवाट असुल भएको रकम समेत देउजाले ब्यक्तिगत प्रयोजनमा खर्च गरेका छन् । आफुलाई सबैभन्दा शक्तिमान् देखाउन उनि एसएसपी प्रेमवहादुर चन्द र डिएस्पी रविन्द्र धानुकलाई केहि रकम दिएर खुशी पार्ने गरेका छन् । कहिले कालिज त कहिले रकम दिएर कर्तुतहरु छोप्न माहिर छन् । राजधानीका एक ब्यापारी माधवको नाम वेचेर देउजाले आफ्नो जागिरलाई राम्रै कमाईको काममा लगाईरहेका छन् ।

कार्यालयको ना १ अ ६५१ नम्वरको बलेरो गाडीलाई ट्रकको रुपमा प्रयोग गर्दा समेत वाटोमा कार्यालय राखेर बसेका चन्द देखेको नदेखै गरिरहेका छन् । कार्यालयको नाम मेटेपछि उनलाई गाडी दुरुपयोग गर्न झनै सजिलो भएको छ । नाम मेटेको विषयमा उनले कुनै प्रतिक्रिया दिएका छैनन् बरु समाचार माध्यममा समाचार प्रकाशन भएको भन्दै आफु भन्दा तल्लो तहका प्रहरीहरुसँग एकसरो स्पस्टिकरण लिन भ्याएका छन् । उनको रुष्ट ब्यवहार र एक्लै रकम खाने योजनाले आधा प्रहरीहरुले सरुवा माग गरेका छन् ।

पाँचखालमा रकमकै लागि खटाएका हवल्दार महेन्द्र गौतमले भने जति रकम बुझाउन नसकेको भन्दै फिताृ बोलाएर उनको ठाउँमा अर्कै हवल्दारलाई मासिक १५ हजार बुझाउने र्सतमा पठाएका छन् । देउजा आफै तस्करहरुले किनिदिएको फर्निचरमा सुतिरहेका छन् । उनको कार्याकालमा राजश्वमा वृद्धि होईन झनै कम भएको एक प्रहरीले बताए ।

पत्रपत्रिकाका बारेमा विद्यार्थीहरुलाई जानकारी

बनेपा, १३ फागुन
क्षितिज स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सुचना प्रविधि सँगै पत्रकारितामा वढिरहेको क्रेज र पत्रपत्रिका प्रकाशन तथा समाचारहरुको संकलन गर्न सिकाउने उदेश्यले आज पत्रिकाको कार्यालय र प्रेसहरुको भ्रमण गर्राईएको छ ।

विद्यालयमा कक्षा ७ मा पढ्ने २८ जना विद्यार्थीहरुले पत्रपत्रिका प्रकाशन गर्दा आईपर्ने समस्या, पत्रपत्रिकाहरुका समाचार, लेख र विज्ञापनहरुको वारेमा विद्यार्थीहरुले जानकारी राखेका थिए । मोफसलवाट प्रकाशित क श्रेणीको चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनाले विदार्थीहरुको जिज्ञासाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै सोहि विद्यार्थीहरुको समुहलाई जिल्लावाट पहिलोपल्ट प्रकाशन भएको काभ्रेली अनलाईन पत्रिकाको बारेमा समेत जानकारी गर्राईएको थियो । अनलाईनका ब्यवस्थापक केपी घिमीरेले अनलाईन समाचारको प्रकाशन र ब्यवस्थापनका बारेमा जानकारी गराएका थिए । विद्यार्थीहरुले प्रविधिसँगै समाचारहरुको प्रकाशनका बारेमा थप जानकारी लिएका थिए ।

Wednesday, February 24, 2010

माओवादीको नेतृत्वमा सरकार बनेमात्रै संविधान निर्माण : प्रचण्ड

हाम्रोगोरखा सम्वाददाता
फागुन 13 गते

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बनेमात्रै संविधान निर्माण र शान्तिप्रकि्रया सार्थक निष्कर्षमा पुग्ने बताउनुभएको छ । संविधानसभा र गणतन्त्र आफूहरुले अघि सारेको एजेण्डा भएकाले त्यसको वास्तविक हकदार पनि माओवादी मात्रै भएको उहाँले दावी गर्नुभयो

एकिकृत नेकपा माओवादी गोरखाले आज उत्तरी गोरखाको आरुघाट वजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्रले नयाँ सरकार गठनका लागि पहल गरिरहेको बताउनुभयो । संयन्त्रको मुख्य उदेश्य संविधान निर्माण गर्नु भएको भन्दै उहाँले माओवादी नेतृत्वको सरकार नबने सम्म त्यस्तो वातावरण नबन्ने बताउनुभयो । आफ्नो पार्टीको नेतृत्वमा सरकार नबने आन्दोलन गर्नुको विकल्प नभएको उहाँको भनाई छ । संविधानसभाको एजेण्डा उठाउँदा आफूहरुको टाउकोको मोल तोक्नेहरुले अहिले सरकार चलाइरहेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुले जनताको पक्षमा संविधान बनाउन नसक्ने दावी गर्नुभयो

संविधान सभाको निर्वाचनमा हारेकाहरुले सरकार चलाएर जनताको बदनाम गरिरहेको भन्दै उहाँले बर्तमान सरकार आकाशवाणी र रिमोटकन्ट्रोलबाट चलेको आरोप समेत लगाउनुभयो । तत्कालीन राजा वीरेन्द्र मारिनुभन्दा केही समय अघिमात्रै माओवादीले उनीसँग भेट गर्ने तयारी गरेको भन्दै उहाँले राष्ट्रवादीहरुलाई एक हुन नदिनकै लागि उनको हत्या गरिएकॊ दावी गर्नुभयो । राष्ट्रवादी भएकै कारण एमाले नेता मदन भण्डारीको पनि हत्या गरिएको उहाँको भनाई छ ।

एयर डाइनाष्टीको हेलिकप्टरबाट आरुघाट पुग्नुभएका प्रचण्डले स्थानीय वासिन्दाहरु सँग पनि भेटघाट गर्नुभएको थियो । विक्रम सम्वत २०३३ सालमा स्थानीय भीमोदय उच्च माध्यमिक विद्यालयमा शिक्षण गर्नुभएका माओवादी अध्यक्ष प्रचण्ड ३३ वर्षपछि आज आरुघाट पुग्नुभएको हो । यसैविच गोरखा आरुघाटको भीमोदय उच्च माध्यमिक विद्यालयले विद्यालयका पूर्व शिक्षक एवम् एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई अभिनन्दन गरेको छ ।

विक्रम सम्वत् २०३२ कार्तिक १० गते देखि ३५ साल माघ १० गते सम्म सो विद्यालयमा पढाएका प्रचण्डलाई विद्यालयका प्राचार्य कृष्णकाजी श्रेष्ठ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठले अभिनन्दन गर्नुभएको हो । २ वर्षको शिक्षणकालमा विद्यालयको विविध क्षेत्रमा पुर् याएको योगदानको कदर गर्दै उहाँलाई अभिनन्दन गरिएको प्राचार्य श्रेष्ठले बताउनुभयो । अभिनन्दन ग्रहण गर्दै प्रचण्डले आफूलाई राजनीतिमा लाग्न र ब्यक्तित्व विकास गर्न भिमोदय उच्च माध्यमिक विद्यालयले ठूलो योगदान गरेको बताउनु

काभ्रेमा फस्टाउँदैछ वेश्यावृत्ति

काठमाडौंका आपराधिक गिरोह पनि अब काभ्रेमा
बनेपा, १३ फागुन

राजधानी काठमाडौंमा कर्डाई हुँदै गएपछि पछिल्लो समयमा काभ्रेमा वेश्यावृत्ति फस्टाएको छ । केही दिनभित्रै प्रहरीले वेश्यावृत्तिमा संलग्न दर्जनौं व्यक्तिलाई पक्राउ गरेपछि काभ्रेको बनेपामा वृश्यावृत्ति फस्टाउँदै गएको प्रमाणित भएको हो । काभ्रेको बनेपामा रहेका केही गेष्ट हाउस र बनेपा वपिरि रहेका क्याविन रेष्टुरेन्टहरुमा वेश्यावृत्ति गराइने गरिएको चाल पाएरपछि प्रहरीले पछिल्लो समयमा सक्रियता बढाएको छ ।

हुन त प्रहरीलाई काभ्रेमा यस्ता गलत क्रियाकलाप हुने गरेको थाहा नभएको होइन । तर, होटल सञ्चालकसँग पैसा लिएर केही थाहा नपाएको जस्तो गर्ने प्रहरी प्रशासनले अहिले सक्रियता देखाएको छ । यो बनेपाबासीका लागि मात्रै होइन काभ्रेबासीका लागि पनि खुसीको कुरा हो । काभ्रेली डटकमलाई प्राप्त जानकारीअनुसार बनेपाका केही नाम चलेका होटलमा समेत वेश्यावृत्ति गराइने गरिएको छ । खाजा र नास्ता पसलको रुपमा सञ्चालन गरिएका ती होटलहरुमा गोप्य कोठा राखी दिउँसै वेश्यावृत्ति गराउने पाइएको प्रहरी स्रोतको दाबी छ । 'बनेपामा चलेका भनिएका होटलमा समेत गैरकानुनीरुपमा यस्ता काम गराएको पाइएको छ' इलाका प्रहरी कार्यालय बनेपा स्रोतले काभ्रेली डटकमसँग भन्यो, 'अब हाम्रो अनुसन्धानबाट ती होटलसमेत उम्कँदैनन् ।'

यसअघि बनेपाको इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा रहेका ऋषिकान्त पाण्डेको सरुवा भएपछि बनेपा आएका प्रहरी निरीक्षक रुपक खड्काले आफू आएको केही दिनभित्रै यस्तो कामको सुरुवात गरेका छन् । स्थानीय व्यापारीसँग पैसा खाएर केही काम नगरेको आरोप लागेको पाण्डेेले आफू बसेको एक वर्षम्म पनि कुनै पनि गेष्टहाउस र होटल छापा मार्न सकेका थिएनन् ।

राजधानी काठमाडौंमा राती अबेरसम्म रेष्टुरेण्ट तथा होटलहरु खोल्न नपाइने भएपछि काठमाडौंका होटलमा वेश्यावृत्ति गर्नेहरुका लागि काभ्रे आकर्ष थलो बन्न थालेको छ । स्रोतका अनुसार काभ्रेमा तीन किसिमबाट वेश्यावृत्ति हुने गरेको छ । पहिलो, यही सडकमा पाइने केटीहरुलाई लिएर होटलमा लगेर यौनजन्य क्रियाकलाप गर्नेको संख्या ठूलै रहेको छ । दोस्रो, बाहिरबाट केटी लिएर आउने केटाहरुले समेत यहाँ वेश्यावृत्तिलाई मलजल गरिरहेका छन् । प्रहरी स्रोतका अनुसार, यहीँका कतिपय होटलहरुले केटीलाई होटलमै काम दिएर वेश्यावृत्ति गराउने गरेका छन् ।

अपराधी काभ्रेतिर
राजधानी काठमाडौं असुरक्षित भएपछि काठमाडौंमा अपराध गरेर सुरक्षाका लागि काभ्रे आउनेको सँख्या पनि पछिल्लो समयमा बढेको छ । अचेल बनेपामा दिउँसै पेस्तोल बोकेर बजारमा हिँड्नेहरुको संख्या प्रशस्तै देखिएको छ । तर, प्रहरीको ध्यान त्यतातिर अझै पुग्न सकेको छैन ।

काठमाडौंमा विभिन्न गोलीकाण्ड मच्चाएर काभ्रे आएका अपराधीहरु केही समय यहीँका गोप्य स्थानमा लुकेर बसेका भए पनि अचेल खुलेआम हिँड्न थालेका छन् । यसरी आपराधिक क्रियाकलापमा लागेकाहरुको संख्या बढ्दै गएपछि यहाँका स्थानीयबासीले भने सुरक्षित महसुस गर्न सकेका छैनन् ।

जाँडरक्सी र जुवातास वन्द रामेछाप, १२ फागुन जिल्लाको पकरबास गाउँ विकास समितिका महिलाहरुको सक्रियतामा गाउँमा जाँड रक्सि र जुवा तास बन्द गरिएको छ । रक्सि

काभ्रे, १२ फागुन
प्रहरीले बनेपा र आसपासका क्षेत्रमा वेश्यावृत्तिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान कार्य जारी राखेको छ । यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पक्राउ पर्नेहरुमा बनेपास्थित चण्डिका गेष्टहाउस, चण्डेश्वरी गेष्टहाउस, भ्याली गेष्ट हाउस र वेलकम गेष्टहाउसबाट आपत्तिजनक अवस्थामा पाँच जोडीलाई पक्राउ गरेको थियो ।

बुधबार दिउसै शिव गेष्टहाउस धनेश्वरबाट ७ जना र फूलबारी रेष्टुरेण्ट अर्ठ्ठाईसकिलोबाट ३ जना केटा र ६ जना केटीलाई पक्राउ गरेर ल्याएको छ । पक्राउ पर्नेहरुमा १८ देखि २६ वर्षउमेर समुहका रहेका छन् । विगतदेखि नै बनेपाका केही गेष्टहाउसहरुमा खुलेआम यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयबासीले गुनासो गर्दै आए पनि प्रहरीले कारबाही गर्ने हिम्मत गरेको थिएन ।

एकहप्ता लामो रेकी -निगरानी) पछि प्रहरीले सफलता हात पारेको छ । बनेपा प्रहरीले बनेपा आसपासका विभिन्न स्थानमा हुने गरेको टेलीफोन तारचोरीलाई नियन्त्रण गर्नका लागि रातको समयमा २ वटा मोवाईल टोली खटाएको छ ।

यसैगरी बनेपाका चार छुट्टाछुट्टै स्थानबाट जुवा-तास खेलिरहेका समुहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु बनेपा नपा-४ नयाँबस्तीबाट ८ जना, बनेपा-१० तरकारीबाजारबाट १४ जना, महेन्द्रज्योतीबाट ९ जना, बनेपा-१० गोदामचोकबाट १२ जना जुवातास खेलिरहेकै अवस्थामा पक्राउ गरेको थियो ।

रामेछापका महिलाको उदाहरणीय काम

जाँडरक्सी र जुवातास वन्द
रामेछाप, १२ फागुन

जिल्लाको पकरबास गाउँ विकास समितिका महिलाहरुको सक्रियतामा गाउँमा जाँड रक्सि र जुवा तास बन्द गरिएको छ । रक्सि र जुवा तासका कारण गाउँमा सधैं जसो झगडा हुन थालेपछि दिक्क वनेका महिलाहरुको आमा समुहले गाउँलाई अहिले जुवा तास र जाँड रक्सि मुक्त गाउँ घोषणा गरेका हुन् । उनिहरुले आफ्नो समुहको निर्णयलाई वेवास्ता गर्नेमाथी कडा कारवाहि समेतको निर्णय गरेका छन् । केहि वर्षअगाडिदेखि गाउँमा क्रियाशिल रहेका स्थानिय भगवती , सरस्वती र फुलवारी आमा समुहका महिलाहरुले पकरबास गाउँ विकास समितिको वडा नं ६, ७ र ८ लाई जाँड रक्सि र जुवाँ तास मुक्त गाउँ घोषणा गरेका छन् ।

उनिहरुले बुधबार गाउँमा सबै महिलाहरु भेला गराइ स्थानिय स्वतिका कार्कीको नेत्रित्वमा नारा जुलुस गरेर सोहि दिन देखि उक्त घोषणा गरेको पकरबास ७ की चन्द्रि श्रेष्ठले बताउँछिन् । जुलुसमा गाउँका ४ सय भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो । जुवा तास र जाँड रक्सि विरुद्ध नारा लगाउदै महिलाहरुले गाउँ परिक्रमा गरेका थिए । गाउँका पुरुषहरु जाँड रक्सि र जुवाँ तासमा भुलेर घरको काम नगर्नुका साथै सधैं जसो गाउँको प्रमुख बजार मानिएको फुल्पा बजारमा गएर झगडा गर्न थालेपछि सबै महिलाहरु मिलेर गाउँलाई जाँड रक्सि र जुवातास मुक्त गाउँ घोषणा गरेको स्थानिय चन्द्रि श्रेष्ठ बताउँछिन् ।
आफुहरुले जाँड खाने र बिक्री गर्ने तथा जुवा तास खेल्ने र खेलाउने दुवैलाई जरीवाना गर्ने निर्णय समेत गरेको उनले जानकारी दिइन् । महिलाहरुको आमा समुहले खाने र खेल्नेलाई भन्दा विक्रि गर्ने र खेलाउनेलाई वढी जरिवाना तोकेका छन् । समुहले रक्सि वेच्नेलाई २ हजार ५ सय रुपैया र खानेलाई १ हजार जरीवाना तथा जुवातास खेलाउनेलाई १ हजार र खेल्नेलाई ५ सय रुपैया जरीवानाको निर्णय गरेका छन् । उनिहरुले जाँडरक्सि तथा जुवातास नियन्त्रणका लागी भनेर महिलाकै नेत्रित्वमा जाँडरक्सि तथा जुवातास नियन्त्रण समिति समेत बनाएका छन् ।

रक्सि खान र जुवातास खेल्नेहरुको सधैं भिड लाग्ने फुल्पा बजार अहिले केहि दिन यता देखि भने शान्त रहेको छ । यस अगाडि पनि उक्त वजारमा जाँडरक्सि र जुवातास नियन्त्रण प्रयास भएको भएपनि संभव भएको थिएन । तर अहिले आमा समुहमा संगठित सबै महिलाको संयुक्त प्रयासले यो संभव भएको स्थानिय महिलाहरु बताउँछन् ।

निर्णय कार्यान्वयन भएन

रामेछाप, १२ फागुन
मन्थली नगर विकास क्षेत्र र मुख्य वजार क्षेत्रभित्र अव्यवस्थित ढङ्गले पालीएका कुखुरा र वगुरका कारण जनस्वास्थ्यमा गम्भिर असर परे पनि त्यसको समाधानका लागि जिल्ला प्रसासन कार्यालयलाई आग्रह गरेको महिनौ वितिसक्दा पनि समस्था समाधानका लागि हालसम्म कुनै पहल भएको छैन । केही समयअघि जिविसमा वसेको वगुर तथा कुखुरा पालक र सरोकारवालाहरु सवैको भेलाले अव्यवस्थित वगुर तथा कुखुरा पालनवाट जनस्वास्थ्यमा गम्भिर असर परेको ठहर गरी त्यसलाई व्यवस्थित तगर्नका लागि गाविस सचिव ढालवहादुर कार्कीको सयोजकत्वमा अधिकार सम्पन्न समिति गठन गरेको थियो ।

उक्त समिति आफुले सवै सम्भावनालाई अध्ययन गरी उचित व्यवस्थापनको विकल्प कानुनी उपचार मात्र भएको र अन्य कारणवाट समधान निकाल्न नसकिने भन्दै जिल्ला पशुविकास कार्यालयमार्फत जिल्ला प्रसासन कार्यालयमा कारवाहीको लागि अनुरोध गरेको थियो । तर सो निर्णय गरेको तीन महिना लामो समय वितिसक्दा पनि कार्यान्वयन नहुदा उपभोक्ताहरु आक्रोसित भएका छन् ।

मन्थली-५ का उपभोक्ता झम्क कडेल भन्छन् - तीन महिना अघि समस्या समाधानका लागि जिम्वेवारी लिएको निकायले अहिलेसम्म पनि यसको वैकल्पिक समाधानका लागि उपाय निकाल्न नसक्नु लाजमर्दो कुरा हो । अव्यवस्थित ढङ्गले पालिएका वंगुर तथा कुखुराका कारण सडकमा हिडिनसक्नु अवस्था एकातिर छ भने अर्कातिर कतिपय ठाउँमा घरघरमा पालिएका कुखुराहरुले गम्भिररुपमा असर पारिरहेका छन् ।

पत्रकार भन्दै उदण्ड मच्चाउने लेखापाल पक्राउ

चौतारा, १२ फागुन
'पत्रकार हुँ' भन्दै मादक पदार्थ सेवन गरी पटक-पटक उत्छृंखल क्रियाकलापमा संलग्न भएको अभियोगमा महिला विकास कार्यालय चौताराका लेखापाल वाशुराज दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रातको समयमा कार्यालयकी अधिकृत अञ्जु ढुंगानामाथि हातपात गर्न खोज्दापनि प्रहरीले वेवास्ता गरेपछि पत्रकार र अधिकारकर्मीको दबाबमा पक्राउ गरिएको हो ।

लेखापालले मादक पदार्थ सेवन गरी सोमवार अधिकृत ढुंगानाको आवास गृहको ढोका फोर्ने प्रयास गरेका थिए । उनले अधिकृत र अन्य कर्मचारीलाई तथानाम गालिगलौज गर्दै राती ९ बजेसम्म होहल्ला गरेका थिए ।

हाम्रो प्रयास, सुनकोसी आवाज र नयाँ योजनासमेत ३ वटा पत्रिकाका सम्पादक/प्रकाशक ढुंगानाले आफू माओवादी समर्थक पत्रकार भएकाले कसैले केही गर्न नसक्ने भन्दै यस अघि पटक-पटक यस्ता कृयाकलापमा संलग्न हुँदै आएको गुनासो कर्मचारीले गर्दै आएका छन् । घटनाबारे जानकारी दिँदै पत्रकार र अधिकारकर्मी भेला गराएर अधिकृत ढुंगाना डाँको छोडेर रोएकी थिइन् ।

नयाँ संविधानमा प्रेस स्वतन्त्रता अपरिहार्य

स्याङ्जा १२, फागुन
प्रेस स्वतन्त्रता विना लोकतन्त्रको दिगो विकास हुन नसक्ने भन्दै नयाँ संविधानमा प्रेस स्वतन्त्रता अपरिहार्य भएको बक्ताहरुले जोड दिएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको प्रेस स्वतन्त्रतालाई अपरिवर्तनीय धाराका रुपमा राख्नुपर्नेमा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रम नयाँ संविधानमा स्वतन्त्र प्रेस विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।

आजको एक्काईसौ शताव्दीमा आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने बताउँदै, सुसुचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न स्वतन्त्र प्रेसको ग्यारेन्टी हुनुपर्नेमा समेत जोड दिइएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य तथा नेपाल प्रेस यूनियनका संस्थापक सदस्य शोभाकर पराजुलीले एकीकृत नेकपा माओवादीले अधिनायकवादी संविधान निर्माणको पक्षमा लागेकोले माओवादीले भने जस्तो संविधान बनेमा प्रेस स्वतन्त्रताको कल्पना समेत गर्न नसकिने बताउनुभयो । र्
वर्तमान सरकारले दण्डहिनताको अन्त्य गर्ने पक्षमा काम गर्न नसकेको बताउँदै सभाषद पराजुलीले नेपाली काँग्रेसले यहि अवस्थामा वर्तमान सरकारलाई निरन्तरता दिएर अझ प्रभावकारी काम गर्नु लगाउने योजना रहेको बताउनुभएको थियो ।

नेपाल प्रेस युनियनका केन्द्रिय सचिव शिव लम्साल, नेपाली काँग्रेसका महासमिति सदस्य शिवकुमार अधिकारी, महनीप्रसाद पोडेल, नेकपा एमालेका सहसचिव सुधिर पौडेल, नेपाल ट्रेड युनियनका अध्यक्ष धु्रव पंगेनी, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएतका वक्ताहरुले आम संचारको क्षेत्रमा देखिएका समस्या र चुनौती लगायत समसामयीक विषयमा बोल्नुभएको थियो ।

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रेमराज पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागिलाई स्वागत उपाध्यक्ष सुरेन्द्र गौडेलले गर्नुभएको थियो भने संचालन सचिव राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।

प्रेस स्वतन्त्रता विना लोकतन्त्रको दिगो विकास हुन नसक्ने भन्दै नयाँ संविधानमा प्रेस स्वतन्त्रता अपरिहार्य भएको बक्ताहरुले जोड दिएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको प्रेस स्वतन्त्रतालाई अपरिवर्तनीय धाराका रुपमा राख्नुपर्नेमा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रम नयाँ संविधानमा स्वतन्त्र प्रेस विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
आजको एक्काईसौ शताव्दीमा आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने बताउँदै, सुसुचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न स्वतन्त्र प्रेसको ग्यारेन्टी हुनुपर्नेमा समेत जोड दिइएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य तथा नेपाल प्रेस यूनियनका संस्थापक सदस्य शोभाकर पराजुलीले एकीकृत नेकपा माओवादीले अधिनायकवादी संविधान निर्माणको पक्षमा लागेकोले माओवादीले भने जस्तो संविधान बनेमा प्रेस स्वतन्त्रताको कल्पना समेत गर्न नसकिने बताउनुभयो । र्
वर्तमान सरकारले दण्डहिनताको अन्त्य गर्ने पक्षमा काम गर्न नसकेको बताउँदै सभाषद पराजुलीले नेपाली काँग्रेसले यहि अवस्थामा वर्तमान सरकारलाई निरन्तरता दिएर अझ प्रभावकारी काम गर्नु लगाउने योजना रहेको बताउनुभएको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय सचिव शिव लम्साल, नेपाली काँग्रेसका महासमिति सदस्य शिवकुमार अधिकारी, महनीप्रसाद पोडेल, नेकपा एमालेका सहसचिव सुधिर पौडेल, नेपाल ट्रेड युनियनका अध्यक्ष धु्रव पंगेनी, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएतका वक्ताहरुले आम संचारको क्षेत्रमा देखिएका समस्या र चुनौती लगायत समसामयीक विषयमा बोल्नुभएको थियो ।
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रेमराज पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागिलाई स्वागत उपाध्यक्ष सुरेन्द्र गौडेलले गर्नुभएको थियो भने संचालन सचिव राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।

माओवादी धम्कीसँग डराइन्न : प्रधानमन्त्री नेपाल

काठमाडौँ, ११ फागुन
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जङ्गल छाडेको धेरै वर्ष भइसकेकाले अब उनीहरूले शिष्ट व्यवहार गर्नुपर्ने र धम्कीपूर्ण भाषा बोल्न नहुने बताएका छन्। माओवादीका धम्कीले नडराउने भन्दै नेपालले थपे- राणा, पञ्चायत र ज्ञानेन्द्रसँग त डराएनौँ, माओवादीका धम्कीले डराउने कुरै आउँदैन।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सातौँ सञ्चालक परिषद् बैठकको मङ्गलबार ललितपुरमा उदघाटन गर्दै उनले भने- आगामी जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुन्छ, यो समयसीमा बढाउने काम कहीँ कतैबाट गरिनुहुन्न।

एकीकृत नेकपा (माओवादी) का लडाकु समायोजन र व्यवस्थापनमा आएको अड्को फुकाउने प्रयत्न भइराखेको बताउँदै प्रधानमन्त्री नेपालले भने- लडाकु समायोजन र व्यवस्थापन नगराई नयाँ संविधान जारी गर्न नसकिने हुनाले यस कार्यमा सरकारलाई सहयोग पुर्‍याउन म सबै राजनीतिक दलसँग आग्रह गर्दछु।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधान मन्त्री नेपालले जनजातिका हितको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यसका लागि आवश्यक कार्यक्रम तय गर्न प्रतिष्ठानलाई निर्देशन दिए।

जातीय विविधताले राष्ट्रिय पहिचान बढ्ने हुँदा एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नु जरुरी रहेको धारणा पनि उनको थियो।

Tuesday, February 23, 2010

काभ्रेली पत्रकार नेपालगञ्जतर्फ

काभ्रे
बनेपा, ११ फागुन
नेपाल पत्रकार महासंघ काभ्रे अर्न्तर्गत रहेका नेपाल पत्रकार महासंघका परिषद सदस्यहरुमध्ये ७ जना महासंघको साधारणसभामा भाग लिन आज नेपालगञ्जतर्फलागेका छन् । साधारण सभामा जिल्ला शाखाका अध्यक्ष सहित परिषद सदस्यहरुले भाग लिन पाउने व्यवस्था विधानमा छ । त्यसअनुरुप काभ्रेबाट शाखा अध्यक्ष भोला थापा लगायत परिषद सदस्यहरु भीम गौतम, सरोज कुइकेल, टी.पी. शर्मा, प्रदिप के.सी., इश्वरी ओझा, प्रल्हाद शर्मा हुमागाई आज दिउँसो नेपालगञ्ज तर्फ लागेका छन् ।

सभाको उद्घाटन प्रधानमन्त्री माधवकुमार नेपालले गर्दै छन् । सभामा विधान संशोधन सम्बन्धी महत्वपुर्ण निर्णय गरिने बताइएको छ ।

विज्ञान प्रर्दशनी हुने

काभ्रे
बनेपा, ११ फागुन

बनेपामा रहेको वेलर इन्टरनेशनल एकेडेमीले विज्ञान प्रर्दशनी कार्यक्रम विद्यालय प्राङ्गणमा आगामी १३, १४ र १५ गते गर्ने भएको छ । विद्यालयले समयको मागअनुरुप प्रयोगात्मक शिक्षा मार्फ विद्यार्थीहरुको अन्तरनिहित ज्ञान, विज्ञान र कला कौशललाई प्रस्फुटित गर्ने उद्देश्यका साथ उक्त प्रर्दशन गर्न लागेको हो । एकेडेमीले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।

प्लास्टिकमा पानी उमाल्ने, धातु पत्ता लगाउने, वाटर साइकल, वाटर लिफ्टर, सोलार हिटर, कपालबाट विद्युत उत्पादन, गोवरसेल, रोवट, हाइड्रो पावर, हाइड्रोलिक क्रेन, प्रकाश संश्लेषण, क्रितिम हिमपात, केवलकार लगायत ३५ वटा स्टलमा प्रर्दशनी गरिनेछ ।

शब्दमा मात्र सीमित हुन लागेका ढिक्की, जाँतो, मान्द्रो, हलो, अनौं, महला, जुवा, हल्लुँडो लगायतका ऐतिहासिक सामग्रीहरु प्रर्दशन गरिनेछ । प्रर्दशनीलाई रोचक बनाउनका लागि विभिन्न खानाका परिकार, किताव प्रर्दशन, लोकगीत लगायत विविध साँस्कृतिक कार्यक्रमहरु हुनेछन् ।

स्वास्थ्यकर्मीद्वारा बालक बलात्कार

बाह्रबिसे,
क्षयरोगको उपचार गराउन आएका बाह्रबिसेका एक बालकलाई स्वास्थ्यकर्मीले नै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उपचार गराउन प्राथमिक स्वास्थ्यकेन्द्र बाह्रबिसेमा आएका १२ वषर्ीय बालक मुकेश तामाङ -नाम परिवर्तन) लाई ल्याब असिस्टेन्ट स...न्तोषकुमार झाले बलात्कार गरेका हुन् ।
स्थानीय शारदा उच्चमाविमा कक्षा चारमा अध्ययनरत बालक मुकेश केही समयदेखि सो स्वास्थ्यकेन्द्रमा डट्स
-स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वास्थ्य संस्थामै औषधि सेवन गर्ने विधि) बाट उपचार गराइरहेका थिए । उपचारकै क्रममा असिस्टेन्ट झाले सोमबार आफूलाई जबर्जस्ती अप्राकृतिक यौनसम्पर्क गरेको मुकेशले बताए ।
मुकेश सहकर्मी राकेश खड्कालाई साथ लिएर सोमबार अपराह्न चार बजे औषधि खान अस्पताल पुगे । बालकले प्रहरीलाई दिएको बयानअनुसार अस्पतालमा ल्याब असिस्टेन्ट झासँग भेट भयो । उनले टिबी औषधि खान आएको बताएपछि झाले मुकेशलाई आफ्नो कार्यकक्षमा लगे । 'कोठामा पुगेपछि ढोका बन्द गरेर एउटा सुई राख्नुपर्छ भन्दै झाले लुगा खोल्न लगाए,' पीडित बालकले प्रहरी बयानमा भनेका छन्, 'त्यसपछि गुद्वारमा औँला छिराउन थाले ।'
मुकेशलाई ल्याबमा लैजाँदा उनका साथी राकेशलाई भने अस्पतालको कम्पाउन्डमै राखिएको थियो । औंलाको सहायताले गुद्वार खुकुलो पारेपछि झाले अप्राकृतिक यौनसम्पर्क राखे । 'औँलाले चलाउँदा चलाउँदै एक्कासि मुख थुनेर बलात्कार गरे,' बालकले प्रहरी बयानमा बताए । यौनसम्पर्कपछि झा आफैँले लुगा लगाइदिएर उनलाई घर पठाएका थिए ।

छोरा बलात्कार भएको थाहा पाएपछि आक्रोशित परिवारले तत्काल अस्पताल गएर झामाथि कुटपिटसमेत गरेका थिए । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालयले बलात्कारी झालाई तत्काल पक्राउ गर्यो । पीडित बालककी आमा चन्द्रमाया तामाङले त्यसैदिन प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।
मंगलबार जाहेरी दर्ता गरेर झाविरुद्ध अप्राकृतिक जबर्जस्ती करणी मुद्दा चलाएको प्रहरी निरीक्षक हरिकृष्ण खत्रीले नयाँ पत्रिकालाई बताए । बाह्रबीसे प्रहरीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको खत्रीले जानकारी दिए । ल्याब असिस्टेन्ट झाले प्रहरी बयानमा बालकसँग जबर्जस्ती यौनसम्पर्क राखेको स्विकारेका छन् । उनले प्रहरीलाई बयान दिँदै करिब तीन मिनेट यौन क्रियाकलाप भएको पनि बताएका छन् । 'उत्तेजनाले केही सोच्नै सकिनँ,' झाले बयानमा भने ।

घटनापछि बालकको स्वास्थ्य परीक्षण गरिएको छ भने वीर्य लतपतिएको दुवैको भित्री लुगा परीक्षणका लागि प्रहरीको विधि-विज्ञान प्रयोगशाला पुर्याइएको छ । स्वास्थ्यकर्मीबाटै बिरामी असुरक्षित भएपछि आक्रोशित स्थानीय बासिन्दाले बाह्रबीसे प्राथमिक स्वास्थ्यकेन्द्रमा ताला लगाएका छन् । तीन दिनदेखि बन्द केन्द्र अझै खुलेको छैन ।

kavre ko map

चितुवा मार्ने क्रम बढेपछि अनुसन्धान शुरु

लमजुङ...
फागुन ११ गते । लमजुङमा केही समययता आफूखुसी बाघ तथा चितुवा मार्नेक्रम बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला बन कार्यालयले अनुसन्धान थालेको छ ।

लोपुन्मुख बन्यजन्तु अन्तरगत पर्ने बाघ तथा चितुवालाई हाका हाकी मार्ने र गुप चुपमा राख्ने गरिएकाले यसअघिको अनुसन्धान सफल हुन नसकेको जिल्ला बन कार्यालयले जनाएको छ ।

गत कार्तिक महिनामा परेवाडाँडामा एक, सुन्दरवजारमा दर्ुइ र घलेउत्तरकन्यामा दर्ुइवटा गरि पाँचवटा चितुवा मारिएकाछन् । पछिल्लोपटक गत आईतवारमात्रै र्सर्ूयपाल गाविस ९, सुन्दरडी स्कूलटारमा स्थानीयवासिन्दाले आक्रमण गरेको भन्दै एउटा चितुवा मारेका थिए । यो समेत गरि लमजुङमा स्थानीयवासिन्दाले पाँच महिनाको अवधिमा ६ वटा चितुवा मारिसकेका छन् ।

परेवाडाँडामा जिल्ला प्रशासन कार्यलय लमजुङको आदेशमा चितुवा मारिएको थियो भने सुन्दरवजारमा सिनोमा विषादीको प्रयोग गरेर र घलेउत्तरकन्याको बगुममा स्थानीयवासिन्दाले बन्दुक प्रयोग गरेर चितुवालाई मारिएको थियो । र्सर्ूयपालमा प्रशासन र बन कार्यालयको अनुमति बेगर चितुवालाई स्थानीयवासिन्दाले मारेका थिए ।

स्थानीयवासिन्दालाई दुःख दिएको भन्दै चितुवालाई हाकाहाकी मार्ने र मारे पछि गुप चुपमा राख्ने गरेकाले शिकार गर्नेलाई पक्राउ गर्न नसकिएको जिल्ला वन कार्यलय लमजुङले जनाएको छ । चितुवा मार्ने घटनाक्रमको अनुसन्धान थालिएको र दोषीउपर कडा कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले वताउनुभयो ।

चितुवा लगायतका दर्ुलभ वन्य जन्तु मार्ने वा घायल वनाउनेलाई वन्य जन्तु संरक्षण ऐन अर्न्तर्गत ४० देखि ७५ हजार सम्म जरिवाना र १ देखि १० वर्षम्म कैद हुने कानुनी व्यवस्था छ ।

Monday, February 22, 2010

क्रसर उद्योगले दोहोरो समस्या निम्तायो

काभ्रे,९ फागुन ,प्रकाश
काभ्रे र सिन्धुपालञ्चोकको सिमानामा पर्ने इन्द्रावती नदीमा खोलिएका क्रसर उद्योगहरुले दोहोरो समस्या निम्ताएका छन् । आधा दर्जनको हाराहारीमा खोलिएका क्रसरहरुले एकातिर्रर् इन्द्रावती नदिलाई उजाड वनाईरहेका छन् भने अर्को तिर इन्द्रावती नदीको वगरमा रहेका ढुंगा, वालुवा तथा रोडालाई अनाधिकृत रुपमा उठाउने कार्यले इन्द्रावती नदीको वास्तविक स्वरुपलाई नष्ट पारिरहेको छ । इन्द्रावती नदीवाट अहिलेकै अवस्थामा रोडा तथा वालुवा झिक्ने काम भयो भने आगामी १० वर्षार् इन्द्रावती नदीनै अस्तित्वविहन वन्ने- स्थानिय वासिन्दाहरु वताउछन् ।

सो क्षेत्रवाट दैनिक सयौ टिप निर्माण सामाग्रीहरु राजधानीमा भित्रिएता पनि सरोकारवाला निकाय मौन रहेकोमा स्थानिय वासिन्दाले आक्रोस पोखेका छन् । क्रसर उद्योगका कारण एकातिर भौतिक सामाग्रीको नष्ट हुने क्रम जारी छ भने अर्को तिर वातावरणलाई प्रदुषित पारेको छ । क्रसर उद्योग नजिक रहेका खेतीयोग्य फाँटहरुमा उत्पादन घट्न थालेको स्थानिय कृषकहरु वताउछन् । क्रसर उद्योगले अनाधिकृत रुपमा झिक्ने निर्माण सामाग्रीका कारणले इन्द्रावती नदी गहिरिने क्रममा त्रि्रता आएको छ ।

जसका कारणले स्थानिय फाँटहरुमा सिचाइको अभाव देखापरेको छ र्।र् इन्द्रावती नदीमा निर्माण सामाग्री झिक्ने क्रम पछिल्लो समयमा वढेकै कारण सिन्धुपालञ्चोकको निर्वाचन क्षेत्र नं १ र २ मा यातायातको प्रयोजनका निर्माणाधिन पक्कीपुलमा असर पारेको छ । अहिलेकै अवस्थामा निर्माण सामाग्रीको प्रयोग वढाउने हो भने सो क्षेत्रमा निर्माणाधिन रहेको पुल तथा सिपाघाट तल्लो बजारको अस्तित्व संकटमा पर्ने छ ।
सिपाघाटमा खोलिएका क्रसहरुले चौतर्फी असर परी रहेको अहिलेको संक्रमणकालिन समयमा क्रसरहरु बन्द गर्नुको सट्टामा नयाँ क्रसर धमाधम खोलिदै छन् । क्रसर उद्योग खोल्नका लागी उद्योगीहरुले जिल्ला विकास समितीको अनुमती लिनु पर्ने प्रावधान छ । सुरुमा एउटा क्रसरले मात्र स्थानिय खनिज पदार्थको उपभोग गर्दै आएकोमा अहिले ७ वटा क्रसर संञ्चालनमा छन् । यस विषयमा जिविस काभ्रे तथा सिन्धुले खासै चासो दिन सकेको छैन ।

एकातिर क्रसर उद्योगले स्थानिय जनताको स्वास्थ्य, कृषि तथा जिवनस्तरमा प्रतिकुल असर पारेको छ भने अर्को तर्फसडक निर्माण भएको आधा शताब्दीमा कालोपत्रेको पहिलो चरण सुरु गरेको चर्चित मेलम्ची खानेपानी आयोजना जोड्ने सडक खण्डहरमा परिणत हुदै छ । काभ्रेको जिरोकिलो देखी सिन्धुपालञ्चोकको मेलम्ची बजार सम्म पुग्ने २३ किलोमिटर सडक खण्डमा कालोपत्रेका लागी निर्माण कार्य सुरु भएको २ वर्षपुरा हुनै लाग्दा सडकको अस्तित्वनै संकटमा परेको छ ।

सिपाघाटमा खोलिएका क्रसर उद्योगमा उत्पादन भएका निर्माण सामाग्रीहरुको अत्याधिक भार वोकेका टि्रपरहरुले हेलम्बु सडकलाइ क्षतविक्षत वनाएको छ । क्रसर उद्योगमा उत्पादन भएका निर्माण सामाग्रीले हेलम्बु राजमार्गमा मात्रै हैन अरनिको राजमार्गको सडक खण्डमा असर पारेको छ । यसको प्रत्यक्ष असर जिरोकिलो देखि काठमाण्डौ सम्मको देब्रेपट्टीको वाटो भासिएको छ । क्रसर उद्योगका टि्रपरहरुले न्युनतम २० टन देखि २५ टनसम्म वोक्ने गरेका छन् ।

यसका लागी स्थानिय प्रशासनहरु मौन छ । स्थानिय बासिन्दाहरुले केही आवाज उठाउने प्रयास गरेता पनि जिरोकिलो देखि सिपाघाट बजार सम्म रहेका टोले गुण्डाहरुले क्रसर उद्योग सँग मासिक हप्ता असुल्ने गरेकाले सडक सुधारका लागी एकिकृत प्रयास बन्न सकेको छैन ।

सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स

महादेवस्थान, १० फागुन
श्रीपंञ्चकन्या महिला विकास बहुउदेश्य सहकारी संस्था लिमिटेडको साधारण सभाको अवसरमा संस्था सँग आबद्ध महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने योजना अगाडी सारेको छ ।संस्थाको सातौ बाषिर्क साधारण सभाको अवसरमा शुक्रवार संस्थाले यस्तो योजना अगाडी सारेको हो । संस्थाको साधा।ण सभाको अबसर छोपि संस्थामा सदस्यता विस्तार गर्ने उद्देश्यले निशुल्क एम्वुलेन्स सेबा प्रदान गर्ने निर्णय गरेको हो

। महिलाहरुको सिप, साधन, पुँजीलाई एकिकृत पारेर ठोस योजना वनाउनका लागी आज भन्दा ७ सात वर्षअगाडी स्थापना भएको सहकारीको साधारण सभामा महिला विकास कार्यालय काभ्रेका सुपरभाईजर मैयाँ दाहालको प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो । रानिटार दुग्ध उत्पादन सहकारीको सभाहलमा भएको साधारण सभामा स्थानीय पशुसेवा कार्यालयका प्रमुख बिल्टुप्रसाद यादव, समाजसेवी बन्द्रीप्रसाद लम्साल, प्रतिभा सहकारीका अध्यक्ष सुरेन्द्र पौडेल, सहजकर्ता जानुका पौडेल, शेयर सदस्य निर्मला शाही, लगायतकाले शुभकानमा मतव्य राखेका थिए ।


कार्यक्रममा संस्थाको उपाध्यक्ष सुधा पौडेल, सचिव मन्दिरा सापकोटा, कोषाध्यक्ष संगिता पौडेल, लेखा समितीको संयोजक सिता सापकोटा, शारदा पराजुली लगायतकाल मतव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अम्बिका हमालको सभापतित्वमा सम्पन्न भएको थियो ।


काभ्रेमा बन्दको असर सामान्य

बनेपा, १० फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापा पक्षले आज गरेको उपत्यका बन्दका कारण काभ्रेको जनजीवनमा सामान्य असर परेको छ । संघियता र हिन्दु राष्ट्रको माग गदैँ आहृवान गरिएको उपत्यका बन्दको असर काभ्रेमा सामान्य रुपमा रहेको छ । उपत्यका बन्दका कारण आज काठमाडौबाट अरनिको राजमार्ग भएर सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछाप लगायतका जिल्लामा जाने यात्रुवहाक तथा र्सार्वजनिक यातायातका साधन चल्न सकेनन् ।

उपत्यका बन्द भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केहि कार्यकर्ता आज विहान देखि नै काभ्रे र भत्तपुरको सिमा साँगा गेटमा बसेका थिए । साँगामा बसेका बन्दकर्ताले यात्रुवहाक र र्सार्वजनिक यातायातका सवारी साधन उपत्यका प्रवेश गर्न दिएका थिएनन् भने मेटरर्साईकललाई भने बन्दकर्ताले सजिलै उपत्यका छिर्न दिएका थिए ।

बन्दकर्ताले दिउँसो करिव ४ बजे तिर काठमाडौबाट बनेपातर्फ आउँदै गरेको बा १ झ ५४६६ नम्बरको ट्याक्सीलाई रोकी ट्याक्सीमाथि तोडफोड गर्न खोजेपछि शसस्त्र प्रहरी र बन्दकर्ता विच केहि समय भनाभन परेपछि शसस्त्र प्रहरीले बन्दकर्तालाई लखेटेको थियो । उपत्यका बन्द भएपनि बनेपा, धुलिखेल, पनौती, बनेपाबाट विपि राजमार्ग भएर चल्ने यातायातका साधनहरु चलेका थिए ।

व्यवस्थित हुन सकेन बनेपाको ढल निकास

बनेपा, १० फागुन
शहरी तथा वातावरणीय सुधार परियोजना अर्न्तर्गत ४ बर्षअघि शुरु भएको बनेपाको ढल निकास तथा कृतिम सिमसारको निर्माण अझै पूरा हुन सकेको छैन । बनेपालाई नमुना शहरको रुपमा चिनाउने प्रयास अर्न्तर्गत गर्न लागिएको ढल निकास र कृतिम सिमसार निर्माणका लागि तोकिएको समय सकिदा पनि निर्माण कार्य भने सकिएको छैन । जनसंख्याको अनुपातमा ढल निकासको राम्रो व्यवस्था नहुदाँ बनेपामा बस्ने स्थानीय बासिन्दालाई मात्र नभई बाटोमा हिड्नेलाई पनि समस्या परिरहेको छ ।

ढल निकास र कृतिम सिमसारका लागि नगरपालिकासँग छलफल गरी कामहरु अगाडि बढाइरहेको दलीय संयन्त्रका प्रतिनिधी तुलसी नारायण श्रेष्ठ बताउँछन् । शहरको सुन्दरतालाई बचाई राख्न र ढल निकासलाई व्यवस्थित बनाउन दवाव दिने र काम भए नभएको हर्ने गरेको श्रेष्ठको भनाई छ । स्थानीय वासीहरुले चासो नदिएकाले पनि काममा ढिलाई भएको उनी बताउँछन् ।
नगरपालिकाकै हेरफेरमा रहेर शहरी विकास तथा वातावरणीय परियोजना अर्न्तर्गत कामहरु भईरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेश बराल बताउँछन् । कामदारहरु र सामानहरुको अभावका कारण मात्र चाडो निर्माण हुन नसकेको बरालको धारणा छ । बनेपामै ३ ठाउँमा कृतिम सिमसारको निर्माण गर्ने सोचका साथ परियोजना अगाडि बढिइरहेको पनि बरालले बताए ।

उपभोक्ताहरुको आवश्यकता अनुसार नै कामहरु भईरहेको परियोजना व्यवस्थापक दिनेश कृष्ण श्रेष्ठ बताउँछन् । परियोजना मुताविक नै काम गरिराखेको बताउने श्रेष्ठ काममा ढिलासुस्ती नभएको र कृतिम सिमसारका लागि आवश्यक ठाउँको व्यवस्था गरिएको बताउँछन् । नगरपालिकाले ढल निकासको व्यवस्था पनि गर्न नसकेको गुनासो भने जनताहरुले गरिइरहेकै छन् । राजनितिक दलका कारण विकास निर्माणका काममा ढिलाई भईरहेको दलीय संयन्त्रका प्रतिनिधी लम्वोदर कायस्थ बताउँछन् ।
ढल निकास व्यवस्थापनमा स्थानीय वासीहरुले ध्यान नदिनाले पनि ढिलाई भईरहेको कायस्थ बताउँछन् । समयमै निर्माणका कामहरु हुन नसक्दा र बनेका ढलहरुको पनि मर्मत कार्य नहुदाँ ढलहरु फुटेर सडकमै छताछुल्ल हुने स्थिति छ ।

चार वर्षअघिदेखि थालनी भएतापनि काम चारभागको एकभाग पनि हुन सकेको छैन । दलीय संयन्त्र र नगरपालिकाका कर्मचारी तथा परियोजनाका कर्मचारीहरुले जति नै काम गरेका छौ भनेतापनि बनेपाको ढलनिकास को व्यवस्थापन हुन सकेको छैन । बर्षाको समय ठाउँ ठाउँमा फुटेका ढलहरु सिधै सडकबाट बग्ने निश्चित छ ।